August 14th, 2019

सनराइज बैंकका कर्मचारीलाई एनबिआईले तालिम दिने

बैंकिङ खबर । सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बिच तालिम तथा सिप विकाससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उक्त सम्झौता यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]