February 20th, 2019

विदेशी लगानीमा सञ्चालित साना परियोजनाले हेजिङ्ग सुविधा लिन नपाउने

बैंकिङ खबर। विदेशी लगानीमा सञ्चालन हुने आयोजना र उद्योग व्यवसायमा हुने डलर जोखिमलाई व्यवस्थापन गर्न सरकारले नियमावली बनाई परित गरेसँगै हेजिङ्ग फण्ड सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले ‘हेजिङ्ग सम्बन्धी नियमावली, २०७५’ सार्वजनिक गरिसकेको छ । 

नियमावली अनुसार हेजिङ्ग फण्डको सुविधा लिन चाहने कुनैपनि परियोजनाले प्रचलीत संघीय कानून बमोजिम विदेशी लगानी गर्ने र विदेशी मुद्रा ल्याउने स्वीकृति लिएको हुनु पर्ने छ । 

कस्तो परियोजनामा हेजिङ्ग सुविधा उपलब्ध छ​
– एक सय मेगावाट वा सो भन्दा बढी क्षमताका जलविद्युत उत्पदनमा,
– २२० के.भि.ए. वा सोभन्दा बढी क्षमताका तीस किलोमिटरभन्दा लामो विद्युत प्रशारण लाइन निर्माणमा,
– दश किलोमिटर भन्दा लामो रेल, मेट्रो तथा मोनो रेलमार्ग निर्माण,
– पचास किलोमिटरभन्दा लामो द्रुतमार्ग निर्माण,
– नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरी तोकेका अन्य परियोजना।

‘हेजिङ्ग सम्बन्धी नियमावली, २०७५’ को पूर्णपाठ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]