July 28th, 2019

लघुवित्त के हो ? यसले कसरी काम गर्दछ ।

बैकिङ खबर । लघुवित्तले गरीब तथा विपन्न व्यक्तिहरुलाई बढी लक्षित गरेको हुन्छ । लघुवित्त नेपाल राष्ट्र बैंकले तोके बमोजिम इजाजतपत्र प्राप्त संस्था हो । ‘घ’ वर्गका बैंकहरुलाई लघुवित्त (माईत्र्रmोफाइनान्स) भनिन्छ । कमजोर आर्थिक अवस्था भएका वा ग्रामीण क्षेत्रका मानिसहरुको आयस्तर माथि उठाउँने उद्देश्यले थोरै व्याजदरमा बिना धितो ऋण प्रदान गर्ने बैंक तथा वित्तिय सस्ंथा नै लघुवित्त हो । यसले जनताको आर्थिक आयस्तर बुझेर थोरै व्याजदरमा ऋण प्रदान गर्दछ । लघुवित्तले सबैको घर‐घरमा पुगेर वित्तिय चेतना प्रवाह गराउने गर्दछ । कोही व्यक्ति उद्यम तथा आफ्नै व्यवसाय सञ्चालन गर्न चाहान्छ ,तर उ सँग पूँजीको अभाव छ भने लघुवित्त विकास बैंकले त्यो व्यक्तिको जीवनशैली बुझेर ऋण उपलब्ध गराउँछ । यो बैंकले बढी ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनतालाई लक्षित गर्ने गर्दछ ।
नेपाल जस्तो गरीब मुलुकमा लघुवित्तले धेरै ठुलो भुमिका खेलेको हुन्छ । यसले गरीबी न्युनीकरण गर्नमा पनि सहयोग पु¥याएको हुन्छ । लघुवित्तलाई बुझेर , लघुवित्तसँग सहकार्य गर्ने हो भने हाम्रो आर्थिक अवस्थामा टेवा पुग्ने कुरामा दुई मत देखिदैन लघुवित्तले थोरै लगानीबाट उद्यमशिलता हासिल गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । तर लघुवित्त विकास बैंकले अरु बैंकहरुले भन्दा कम रकम मात्र उपलब्ध गराउँदछन् ।
लघुवित्तले गरीबी तथा कम आयस्तर भएका व्यक्तिहरुका लागी सरल वा सस्तो कर्जा उपलब्ध गराउने भएकाले यो बैंक गरीब तथा विपन्न व्यक्तिका लागि एक देशको मेरुदण्डको रुपमा रहेको छ । पछिल्लो समयलाई हेर्ने हो भने १५÷२० बर्षमा झण्डै २५ प्रतिशत जनसङख्या गरीबीको रेखाबाट माथि उठेका छन् जसमा लघुवित्तको ठुलो हात रहेको छ । धेरै मानिसहरुले लघुवित्तबाट नै कर्जा लिने गरेका छन् । लघुवित्तले उत्पादनमुलक क्षेत्रमा लगानीका लागि बढी प्रोत्साहान गर्दछ र उत्पादनमुलक क्षेत्रका लगानीलाई बढी प्रथामिकता दिन्छ । यो सबैका लागि फाइदाजनक बिषय हो । लघुवित्तको कारणले ग्रामीण भेगका नागरिकहरुमा दिनानुदिन आर्थिक, सास्कृतिक, सामाजिक तथा शैक्षिक रुपमा समेत सकरात्मक परिवर्तन बढदै गएको छ । लघुवित्त विकास बैंकले कर्जा दिने मात्र नभई विभिन्न किसिमका सिपमुलक तालिमहरु पनि दिदै आइरहेको छ ।
सहर आपैmमा विकसित क्षेत्र भएकाले लघुवित्त गाउँमा बढी क्रियाशिल रहन्छ र ग्रामीण क्षेत्रको जनजीवनलाई माथि उठाउने उद्देश्य नै लघुवित्तको हो । विपन्न वर्गलाई उद्यमशिलता बनाएर समृद्धितर्फ उन्मुख गराउनमा ठुलो भुमिका लघुवित्तले खेलेको हुन्छ । यसरी गरिबी घटाउने कामको प्रमुख जस लघुवित्रलाई नै जान्छ ।
नेपालमा संचालित लघुवित्त कार्यक्रमले महिलालाई अझ बढी प्रभावकारी रुपमा सहयोग गरिरहेको छ । लघुवित्त संस्थाले विभिन्न तालिमहरु सञ्चालन गर्दछ र उक्त तालिममा बचत संकलन गर्दा के हुन्छ, कसरी गर्ने र भविष्यमा कसरी टेवा पुग्छ भन्ने कुरा सिकाउँछ । त्यसपश्चात उनीहरुको आवश्यकता पहिचान गरी कर्जा प्रदान गर्दछ । जसमा ऋण दिने प्र्रक्रिया, उद्यमशिलता गर्ने विधि, ऋण तिर्ने प्रक्रिया र तालिम लगायत लघुवित्तका आधारभुत सिद्धान्तहरुको बारेमा जानकारी दिने गर्दछ । काम गर्छु र उद्यमशिलता हासिल गर्छु भन्ने मेहनेती एवं इमान्दार व्यक्तिका लागि धितो राख्ने सम्पति नभए लघुवित्त वित्तिय संस्था आफैले लगानी गरिदिन्छ ।
लघुवित्त विकास बैंकले गर्ने कामहरु ः–
१. तोकिए बमोजिम कर्जा दिने ।
२. राष्ट्र बैंकले तोकिएको अबधिसम्म नियमित बचत गरी राखेको समुह तथा समुहका सदस्यलाई लघु व्ययसाय सञ्चान गर्ने चल अचल सम्पति जमानत लिई वा नलिई लघु कर्जा दिने ।

३. लघु कर्जा उपलब्ध गराउनु अघि जुन कार्यको लागि कर्जा माग गरिएको हो सोको सम्भाव्यता पहिचान गर्ने ।
४. न्युन आय भएका व्यक्तिहरुको आर्थिक अवस्था सुधार हुने खालका लघु व्यवसाय गर्ने ।
५. लघु कर्जा परिचालन सम्बन्धमा समुहलाई आवश्यक सेवा प्रदान गर्ने ।
६. लघुकर्जा समयमा असुलउपर गर्ने तर्फ आवश्यक कारबाही गर्ने ।
७. लघुकर्जा उचित रुपमा उपयोग भए नभएको अनुगमन गर्ने र नभएको भए उचित प्रयोग गर्ने सुझाब दिने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]