June 30th, 2019

लघुवित्तको संख्या धेरै भयो, बिग मर्जर यो क्षेत्रमा आवश्यक छ– प्रकाशराज शर्मा

बैंकिङ खबर । नेपालको बैंक तथा वित्तीय क्षेत्र शुरुवाती समयबाट नै केही न केही समस्याले ग्रसित छ । समस्या ग्रस्त वित्तीय क्षेत्रमा पछिल्लो समय लघुवित्त क्षेत्र भने सुधारोन्मुख अवस्थामा छ । लघुवित्त संस्थाहरुले स्वत सुधारको बाटो पहिलाएका भएता पनि केहि समस्याहरु यस क्षेत्रमा पनि रहेका छन् । ग्रमिण भेगका जनतालाई वित्तीय सेवासंगै दुर्गम क्षेत्रहरुमा वित्तीय चेतना र वित्तीय पहुँच पु¥याउन अन्य बर्गाका बैंक तथा वित्तीय संस्थाहरु भन्दा अगाडि रहेको लघुवित्त क्षेत्रको पछिल्लो अवस्था यस क्षेत्रको सम्भाजना चुनौती र लघुवित्त क्षेत्रको सुधारका लागि आवश्य तत्वहरु के के हुन् ? यसबारे बैकिङ खबरले लघुवित्त वित्तीय संघका उपाध्यक्ष्य तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा  संग गरिएको सम्वादको अंशः

लघुवित्त भनेको के हो ?

लघुवित्त भनेको यसको नाम बाट प्रष्ट्र हुन्छ, साना साना वित्तीय कारोबारलाइ नै लघुवित्त भन्छौ । साना वित्तीय कारोबार मात्र लघुवित्त हुदैन, विपन्न र सिमान्तकृतलाई सेवा दिन सकेन भने त्यो लघुवित्त हुदैन , सानो कर्जा विपन्न सिमान्तकृत जो अवसरबाट बचित् छ । तिनिहरुको लागी विभिन्न वित्तीय सेवाहरु दिनुलाई लघुवित्त भनिन्छ । ती सेवाहरु स्वभावत कर्जा, बचत र त्यसपछि लघुबीमा पर्छ, अनि यो विपिएसन सेवाहरुबाट पैसा एक ठाउँबाट अर्काे ठाउँमा भुक्तानी सेवाहरु पर्छन , सानो सानो वित्तीय सेवाहरु र विपन्न वर्ग केन्द्रित सेवालाई नै हामी लघुवित्त भन्छौं ।

 वास्तबमा नेपालका ग्रामिण क्षेत्र का युवाहरुले लघुवित्तबाट लिन फाइदा लिन सकेका छन् ?

नेपालमा लघुुवित्तको इतिहास हेर्ने हो भने २६ २७ वर्ष पुरा भइसकेको छ । यसमा लघुवित्तले धेरै उद्यमीहरुलाई सेवा दिएर सफल उद्यमी बनाएको छ र अझै बनाउने क्रममा छौं । लघुवित्त भनेको पहिला विपन्न वर्गहरुको जीविकोपार्जनको लागि सुरुवातको हुन्छ । त्यस पश्चात जीविकोपार्जनको साथ साथै वित्तीय सेवासंग त्यो जुन आत्माविश्वास हुन्छ ।

वित्तीय सेवा लिनु पर्छ, उपभोग गर्नु पर्छ भन्ने कुरा सिकाउने लघुवित्त हो । त्यसैले यसलाई दुई वटा पाटो बाट हेर्नु पर्छ , एउटा जीबनको पाटोबाट हेर्नु पर्छ । जुन हामिले सुरुवात गर्दा र त्यो जीविको पार्जन भनेर सधै भरी जीविकोपार्जनमा मात्र सिमित हुदैन । त्यस पछि गएर उद्यमशिलताको कुराहरु र त्यसको व्यावसाहिक ढङगका कुराहरु आउछन् ।

त्यो वाहेक अर्को लघुवित्तको महत्वपुर्ण पाटो, वित्तीय पहुँच र वित्तीय समावेसिकरण हो । लघुवित्तले वित्तीय पहँुच भने पछि उद्यमशिलता तिर गैहाल्छ । यसका साथै वित्तीय समावेसिकरण पनि हुनु प¥यो । त्यसमा सबै वर्गहरु, सिमान्तकृत मधेसी, जनजाति, दलित, महिला, पुरुष, पिछडीएका वर्ग र सवै क्षत्रहरु समेट्ने समावेशिकरण हो । त्यो लघुवित्तले समेटेको छ । । लघुवित्तले गर्दाचाई विस्तारै आत्माविश्वाश्को विकास हुन्छ । अशफल्ता हुनेलाइ पाठ सिकाउने कामचाई लघुवित्तले गर्दछ ।

अहिले सम्म लघुवित्त कार्यक्रमबाट आम नागरिकले जति फाईदा लिनु पर्ने हो, त्यति फाईदा लिन सकेका छैनन् किन ?

यसमा सकारात्मक तथा नकारात्मक दुबै पक्ष समावेश भएका छन् । लघुवित्तले एउटा कुनै प्रयोजनका लागि कर्जा दियो उत्पादन त भयो तर त्यसको बजारिकरणको समस्याले गर्दा लघुवित्तको लगानीको उचित प्रतिफल आउँदैन । यसमा सरकारले पनि आफ्नो भुमिका निर्वाह गर्न सक्नुपर्छ ।

यदि समस्या भयो भने लघुवित्तको अन्य विभिन्न सेवाहरु हुन्छन त्यको उपयोग गर्नुपर्छ । जस्तै प्रविधिक सेवा पनि आवश्यक पर्छ । लघुवित्त भनेको पैसाको कारोबार अथवा वित्तीय कारोबार गर्ने हो । यस्तै हामी नीतिगत व्यवस्थामा पनि जानु पर्छ । लघुवित्त नेपाल राष्ट्र बैंकबाट निएमन भएको संस्था हो । उसको नियम हामीले पालना गर्नु पर्छ , जुन सिमा राष्ट्र बैंकले लघुवित्तहरुका लागि तोकेको छ, त्यो सिमालाई हामी नाघ्न सक्दैनौँ ।

त्यस कारण पनि लघुवित्तहरुले ग्राहकहरुलाई आवश्यक परेको सेवा उपलब्ध गराउन सक्षम हुन्छ । कतिपए अवस्थामा त्यसले चाई एउटा ठुलो माइक्रो ‘।। त्यसलाइ नदिएको अवस्था पनि हुन्छ । विविध कारण छन् ।

बेरोजगारी बढेसंगै बिदेश जानेको संख्यामा पनि कमि आएको छैन । यो अवस्थामा पनि युवाहरु लघुवित्त कार्यक्रम प्रति आर्कषित भएको देखिन्दैनन् नि ?

पहिले नेपालमा गरिबी को रेखामुनी २५/२३ प्रतिशत मानिस थिए । तर अहिले आएर त्यो १८ प्रतिशतमा झरेको छ । यो घट्नुमा दुइटा क्षेत्रको योगदान छ । एउटा रेमिटान्स र अर्को माईक्रोफाइनान्स हो । त्यो वेला ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई चलाएमान माईक्रोफाइनान्सले गरेको थियो ।

गभर्नरले बेलाबेलामा भन्नु हुन्छ गाउँमा लगुवित्तहरु पैसा बाढ्न गएका छन । तपाईहरु किन बिदेश जानुहुन्छ , गाउँ गाउँमा पैसा बढिराख्नुभा हो ?

हो अहिलेको अब सन्र्दभमा कुरा गर्ने हो भने हाम्रो ७७ वटै जिल्लामा लगभग ९१ वटा लघुवित्तका ३४ सय ३५ सय लघुवित्तका शाखाहरु छन । त्यसैले गाउँ गाउँमा पैसा बाढ्न भन्नका लागि हामिले वित्तीय पहुँच पु¥यायनका लागि हामी गएका छौँ । वित्तीय पहुँचमा हाम्रो ठुलो योगदान छ । अहिले चाई सबैं वर्गका बैंक तथा वित्तीय संस्थठाको गरेर ४० प्रतिशत पुगेको छ । यसमा सबै भन्दा ठुलो भुमिका लघुवित्तको छ ।

वित्तीय पहँुच पु¥याउन, वित्तीय साक्षरताको क्षेत्रमा हामिले योगदान गरेका छौ । नेपालमा अहिले विकृति नै आउला जस्तो भएको छ । लघुवित्तले उद्यम गर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने मानिसलाई दिनु पर्ने पैसा अनुत्पादक क्षेत्रमा लगानी गर्ने मानिसको हातमा गएको छ । हामीले पैसा बाढ्ने कुरा सत्य हो तर पैसा यत्तिकै छर्ने कुरा होईन । सर्वेक्षण गरेर मात्र लगानी गर्छै ।

युवाले लघुवित्त संस्थासग जोडिन चाहेर लघुवित्तवाट लाभ लिन चाहे सिप क्षमता कति छ त्यो कसरी र्निधारण गर्ने ?

लघुवित्तको सेवा ७७ जिल्लाका कुनै पनि क्षेत्र छुटेका छैनन् । युवाहरुले लघुवित्तबाट २ किसिमका लघुवित्तले सेवा लिनसक्छन् । एउटा त ठुलो कर्जा हो जसमा सेवाग्राहीहरुले आफुसंग भएको भौतिक सम्पती धितोमा राखेर कर्जा लिन सक्छन् । अर्को जो संग धितो छैन उनीहरुलाई आ–आफ्नो संस्था अनुसार फरक नियम छ ।

त्यसमा स्वाग्राहीहरु कुनैपनि एउटा समुह वसेर समुहको सिफारिसमा बिना धितोपनि कर्जा लघुवित्तबाट लिन सक्छन् । त्यसमा पनि लघुवित्त संस्थाहरुले महिलालाई बढी प्राथमिकता दिएको छ । तर उनीहरुले महिलाहरुलाई कर्जा दिएता पनि त्यस प्रकारको कर्जा युवाहरुले पनि प्रयोग गर्न सक्छन् । त्यो बाहेक मुख्य लघुवित्तले मुख्य कर्जा दिने भनेको आयआर्जनको लागि हो । यसका साथै अरुपनि विभिन्न कर्जाहरु लघुवित्तबाट लिन सकिन्छ, जस्तो शैक्षिक कर्जा, बैदेशिक कर्जा, मौसमी कर्जा लगायत अन्य विविध कर्जाहरु लघुवित्तले आवश्यकता अनुसार दिन्छ ।

लघुवित्तबाट प्रवाह हुने कर्जालाई लघुउद्यमी कर्जा भन्छौँ, हामी उद्यमीलाई तागेट कर्जा दिरहेका छौ । पैसाको आवश्यकता भन्दा पुँजीको आवश्यकता र आफु भित्र रहेको जुन सिप छ , सो सिपको प्रयोग गर्न पैसाको खाँचो छ उनीहरुलाई लघुवित्तले लगानी गर्छ ।

धितो सहित लघुवित्तले कति सम्म कर्जा दिइरहेको छ ?

अब धितोको सन्र्दभमा अहिले राष्ट्र बैकको नियम छ , १० लाख रुपैया सम्म दिने व्यवस्था छ । धितोमा लिएर धिता कर्जा १० लाख सम्म प्रतिव्यक्तिलाई लघुवित्तले कर्जा दिन्छ । त्यसमा गाउँपालीका नगरपालीका भन्ने एउटा सिमान्तकृत छ । न्युनतम ७ लाख देखि अधिकतम १० लाख रुपैयाँ सम्म लघुवित्त संस्थाहरुले धितो कर्जामा दिने हो । अर्काे बैकको नियमन के छ भने विपन्न वर्गलाई माध्यम बनाएर मिसन नखड्कियोस भनेर आफ्नो कुल कर्जा र कुल कर्जाको एकतिहाई भन्दा धितो कर्जा माथि हुनुहुदै भनिएको छ । अहिले १० लाख सम्म विनाधितो अन्र्तगतको राष्ट बैकले सिमा निर्धाण गरेको छ , एक जना व्यक्तिलाई विनाधितोमा दिन सक्ने व्यवस्था रहेको छ ।

समग्रमा पछिल्लो समय नेपालका लघुवित्त वित्तीय संस्थाहरुको अवस्था के छ ?
अव समग्रमा कुरा गर्दा नेपालको लघुवित्त अहिले नेपालमा लघुवित्तहरु ९१ वटा रहेको राष्ट्र बैकको पछिलो तथ्यांकमा रहेको छ । ९१ वटा लघुवित्तले राष्ट्र बैकबाट लाईसेन्स पाईसकेका छन, सवैभन्दा यो आर्थिक बर्षमा ३० वटा भन्दा बढि संस्था थप लाईसेन्स पाए ६५ ले गत असार मसान्तमा पाएका अहिले ९१ वटा पुगे । लघुवित्त संस्थाको सदस्य संख्या राष्ट्र बैकको तथ्यांकलाई हेर्दा २६ लाख ५६ हजार पुगेको छ । समर्गमा महिलाहरु ९७/९८ प्रतिशत होलान ।

२६ लाख मान्छेको नाममा २ खर्ब १७ अर्व रुपैयाँ लघुवित्त मार्फत लगानी भइरहेको छ । अव हामिले मध्यनजर केमा गछौँ भने त्यो २५ लाख ५६ हजार लगानीमो कर्जा ऋणि औसत ८५ हजार रुपैयाको ऋण भागमा पर्छ । त्यतिमात्र नभएर हामीले बचत गर्न सिकाएका छौं । १÷२ रुपैयाँबाट बचत गर्न सिकाएको । अव अहिले ३२ लाख बचत गर्ने सदस्य छन् । अहिले हामीसंग बचत ७७ अर्ब रुपैयाँ छ । हामी जसलाई विपन्न भन्छौँ , उनीहरुको १ सय /१ हजार रुपैयाँ गरेर ७७ अर्ब रुपैयाँ पुगेको हो । २ खर्ब १७ अर्र्ब कर्जा लगानी छ । भने १७ अर्ब रुपैयाँ बचत छ ।

बैकिङ क्षेत्रकोे व्यवसाय फस्टाउनु लघुवित्तको ठुलो भुमिका छ । अप्रत्यक्ष रुपमा बैंकहरुले लघुवित्तलाई १८ अर्ब कर्जा दिएका छन् । उनीहरुले हामीलाई कर्जा दिए अनुसार हाीले ब्याज समयमा नै दिएका छौं । समर्गमा अहिले ३५ सय जति लघुवित्तका शाखाबाट लगभग ६ करोड २६ लाख रुपैयाँ ऋण वितरण भएको छ ।

बैकमा एक जनाले ६ करोड रुपैया कर्जा लिएको हुन्छ । लघुवित्तबाट सानो कारोबार मात्र भएको हुदाँ जोखिम पनि कम नै हुन्छ । हाम्रो १ प्रतिशतको हाराहारीमा निष्कृय कर्जा छ ।

पछिल्लो समय लघुवित्त लाई सहकारीकै रुपमा हेरिने गरिएको छ नि किन होला ?

होइन विभिन्न सस्थाको आ–आफ्नाक्षमता हुन्छ । लघुवित्त र सहकारी फरक हो । अर्को फाईनान्स कम्पनी, सरकारी बैंक, वाणिज्य बैंक र विकास बैंक छ । जसमा लघुवित्त संस्था र अन्य बैंक वित्तीय संस्थाहरुले दिने सेवा सुविधाहरुमा धेरै फरक हुन्छ ।

पछिललो समय राष्ट्र बैक ले लघुवित्तहरुलाई कडा गरेको होकि भन्ने महुसुस भएको हो ?

राष्ट्र बैंक दुई वटा नियम देखिन्छ , अहिले पनि राष्ट्र बैंकका लघुवित्त प्रर्वद्धन तथा सुपरिवेक्षण विभाग छ । जसको लघुवित्तहरुको प्रमोशन, प्रर्वद्धन, सुपरभाइजरतथा रेगुलेटेट् रोल् छ । त्यसकारण पहिलो चरणामा प्रमोसन रोल बढि थियो । कतिपय अवस्थामा हामिलाई संमरक्षण राष्ट्र बैंकले दिइको अवस्था थियो । त्यसैले स्वभावत राष्ट्र बैंकले नियमन बढि गर्दा सबैलाई त्यस्तो लाग्नु स्वभाविक हो । वास्तविक कतिपय अवस्थामा संस्थाहरु बढ्ने क्रमसगै विभिन्न उदेश्यले यहाँ प्रवेश गरेका छन् ।

यो क्षेत्रमा विभिन्न विकृति विसङगति नआएको होईन, त्यसले गर्दा राष्ट बैंक अलि सशकित भएको अवस्था पक्का छ । अहिलेको अवस्थालाई हामिले राष्ट्र बैकको लघुवित्त प्रतिको दृष्ट्रिकोण के हो ? सरकारको के हो त्यो दृष्ट्रिकोण पत्ता लगाउने, राष्ट्र बैंक, सरकारको र लघुवित्तको नीतिमा सम्वन्य गराउने काम हामी लघुवित्त संघले गरिरहेका छौं । धेरै पहिला एउटा लघुवित्त नीति नेपालमा जारी भएको थियो भन्ने कुरा धेरै मानिसलाई थाहा छैन । अब पुनः लघुवित्त नीति राष्ट्र बैक वा सरकारबाट आयो भने त्यस पछि थाहा हुने थियो कहाँ के गर्ने भनेर ।

लघुवित्तमा डुब्लिकेसनको समस्या कत्तिको छ ?

लघुवित्तमा डुब्लिकेसन अलि बिकरालरुपमा नै छ । हाम्रोमा पैसा अन्य संस्थामा भन्दा अलिकति छिटो उपलब्ध हुन्छ । त्यसैले माजिसहरु लघुवित्तमा छिटै आत्मानिर्भर पनि हुन्छन् । तर केही संस्थाहरुको प्रवृतिले गर्दा खेरी आवश्यकता बढि कर्जा दिने गरेको छ र अहिलेको अवस्थामा बहुबैंकिङले राम्रो गदैन, एउटाले दिन नसके अर्कोमा लिने अधिकार हुन्छ । त्यसैले ऋणको भारमा पर्नु भएन, यसको समाधान पनि हामी गरिरहेका छौं । थजसका लागि राष्ट्र बैंकलाई पनि भनिरहेका छौं ।

कर्जामा स्पष्ट्र नीति लागु गरियोस भनेर । लघुवित्त संस्थाहरुले कर्जा प्रवाह कर्जा सुचनाको माध्यमबाट गराउने गर्दा समस्या कम हुदै जान्छ । त्यसकारण कर्जा सुचनाकेन्द्रबाट नियमन गर्नु पर्छ । त्यसको माध्यमले हामिले सेवाग्राहीले कति जनाबाट कर्जा लिएकोे छ त भन्ने कुरा थाहा पाउन सक्छौं । त्यस पश्चात कर्जा दिने कि नदिने भन्ने कुरा संस्थामा भरपर्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरीरहेकोे छ त्यसमा तपाईको सुझाव के छ ?

अव २ /३ वटा अपेक्षा हामीले मौद्रिक नीतिमा गरेका छौं । जुन हामीले संस्थागत रुपमा बुझाइसकेका छौं । जसमा लघुवित्तमा स्रोतको व्यवस्थापन गर्ने कुरा हामीले अघिल्लो बर्ष देखि नै गर्दै आएको हो । पोहोर साल असार देखि अहिले चैत मसान्त ९ महिना सम्म ७१ अर्ब रुपैयाँको कर्जा बढेको छ । संस्थागत तवरमा ६१ वटा लघुवित्तको स्रोत भनेको वाणिज्य बैंकबाट कर्जा हो ।

अब वाणिज्य बैंकको ५ प्रतिशत भन्दा माथि कर्जा दिन तरलताको समस्याले गर्दा सम्भव छैन । अहिले संस्थाहरु वढिभए कारोवार बढ्यो दिने स्रोत तेहि हो , स्रोत पुगि सक्यो सर्वसाधरणबाट निक्षेप लिन पाउदैन, त्यस्तोे अवस्थामा कहाँबाट ल्याउने एउटा दिगो स्रोतको रुपमा हुनुप¥यो ।

त्यो दिगो स्रोत केहो त ?

बैंक र वित्तीय संस्थाहरु चल्ने भनेको डिपोजिटबाट हो । राष्ट्र बैकको नीति अनुसार लघुवित्त संस्थाहरुले तोकिएको सर्तमा मात्र पब्लिक डिपोजीट गर्न पाउछन् । तर सर्तहरु कार्यन्वयनमा छैन्, सबैलाई सर्त राख्नु छैन् निश्चित सर्त तोकेर पब्लिक डिपोजीट दियो भने त्यो महंगो या भएपनि जस्तो लघुवित्तहरुले गर्छन् । हामिले पब्लिक डिपोजीट गर्दा खेरि राष्ट्र बैंकको प्रोटेन्सल रेगुलेसन पालना गनु पर्छ त्यो हामी तयार छौं ।

राष्ट्र बैंकले हेर्ने एउटा राष्ट्रिय स्थायित्व बढि निष्कृय कर्जा नभएको तोकिएको पुँजी भएको हुनुपर्छ । जुन डिपोजिट हुन्छ त्यो तिर्न वा फिर्ता गर्न सकुन भन्ने हो । हामिले विगत २६ वर्ष देखि चलाइरहेका छौं, खाएर भग्यो भनेको लघुवित्त संस्था सुनेको छैन्, बरु चछाहिएको भन्दा बढि कर्जा दिएको छ । त्यसकारण हामि संक्षम छौं । विस्तारै राष्ट्र बैंकको पनि एउटा टाउको दुखाई स्रोत आफै जुटाउने अर्काे आएको जुन विकृति विसङगती भएको छ । त्यो भनेको संस्थाहरु आवश्यकता भन्दा बढि भए नेपालमा २५÷३० वटा सस्थाको भन्दा आवश्यकता छैन् । त्यसलाई राष्ट्र बैंकले विग मर्जरको समेत कुरा गरेको छ । मर्जर आवश्यक छ, मर्जरमा संख्या घटाउनका लागि गरिन्छ । ठुलाले सानालाई प्रकृतिको मर्जर आवश्यक छ, मर्जर सम्बन्धी स्पस्ट निति लिएर राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने आवश्यक छ ।

त्यस्तै संघियता जस्ता कुराहरु आइरहेको छ । कतिपयमा अवस्थामा त्यो अस्पष्ट्र छ । कुनै गाउपालिका नगरपालिकाले यहाँ दर्ता हुनुपर्छ भन्छन् । कतिपयले काम गर्ने होईन भन्छन् । केन्द्रिय बैंकबाट स्वीकृति पाएको कुरा पनि बुझाउन सकिएन नीतिगत कुरा आवश्यक छ । अर्को मल्टिपल बोरिङ हो । त्यसलाई पनि सिआरसिलाई स्पष्ट रुपमा न्युनिकरण गर्ने राष्ट्र बैंकबाट केहि नीतिगत व्यवस्था होस् र पुँजीको जुन कुरा छ, संस्थाको चुक्तापुँजी बढ्छ भन्ने पहिला नि आयो तर बढन् सकेको छैन् ।

यस्तो अवस्थामा थोरै पुँजीले पनि लघुवित्त खुल्ने गर्दा अप्रत्यसित घटना भयो भने पनि त्यस्तो पुँजी हुनुपर्छ । तोकेर ल्याउन प¥यो पुँजीवृद्धिको योजना पनि । अहिले राईट सेयर रोकेर राष्ट्र बैकमा कतिपय संस्थाले पुँजी बढाउछु भन्दा सेयर किन्न नपाउने भयो , पुँजी बढाइयोस सबैले सेयर किन्न पाउँन् । स्रोतलाई हेरीयोस कहाँ बाट आएको थाहा होस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]