March 27th, 2019

‘लगानी सम्मेलन नेपाललाई विश्व सामु चिनाउने अवसर’ अर्थमन्त्री

बैंकिङ खबर। अर्थमन्त्री डा.युवराज खतिवडाले सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल वास्कोटा र निजी क्षेत्रलाई राखेर लगाानी सम्मेलनको बारेमा जानकारी गराएका छन् । निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर आफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षहरुको सहभागिता रहेको थियो । अर्थमन्त्रीले पत्रकार सम्मेलनमा बोल्दै लगानी सम्मेलनले नेपालललाई विश्व सामु चिनाउने अवसरको रुपमा उपयोग गर्ने बताए । उनले लगानी सम्मेलन सबै नेपालीको उत्सव भएको भन्दै यसलाई उत्सवको रुपमा मात्र नमनाएर समृद्धिको यात्राको केन्द्र बनाउने उद्घोष गरे ।

सरकारले लगानी सम्मेलन मार्फत स्वादेशी तथा विदेशी निजी क्षेत्रबीच लगानी ल्याउनको लागि पुलको वातावरण बनाउने बताए । विदेशी लगानी भित्र्याउनको लागि २०० मेगावाट भन्दा ठुला जलविद्युत आयोजना र ६ अर्ब भन्दा माथिका परियोजनाको लागि लगानी बोर्डबाट एकद्धार प्रणालीमार्फत काम गरिने र सो भन्दा सानो परियोजनामा उद्योग मन्त्रालय मार्फत एक द्धार प्रणाली मार्फत काम हुने छ । एक द्धार प्रणाली कहीलेबाट लागु हुन्छ भन्ने प्रशनमा अर्थमन्त्री खतिवडाले उद्योग सचिव र लगानी बार्डका सिइओलाई नै यसको जवाफ दिन आगह्र गरेका थिए । उक्त प्रश्न जवाफ दिने क्रममा लगानी बोर्डका सिइओ र उद्योग सचिवले प्रक्रिया अन्तिम चरणमा रहेको र शिघ्र लागु गर्ने तयारीमा रहेको बताए ।

सरकाले गर्न लगेको लगानी सम्मेलन २०७३ मा गरेको लगानी सम्मेलनको परिस्कृत स्वरुप रहेको भन्दै उक्त समयमा आएका लगानी प्रतिवद्धतालई अगाडी बढाउँदै थप नयाँ लगानी प्रतिवद्धताको लागि पुनः लगानी सम्मेलनको आयोजना गरिएको अर्थमन्त्रीले जानकारी दिएका हुन् । निजी क्षेत्रले विदेशबाट ऋण ल्याउदा उनीहरुले सरकारको ग्यारेन्टी खोज्ने भन्दै त्यस्तो अवस्थामा लगानीको लागि सरकाले मध्यस्थता गर्न तयार रहेको उनले बताए । कतिपय अवस्थामा विदेशी संस्थानहरुले नेपालमा सञ्चालनमा रहेका परियोजनामा ऋण दिन रेटिङ नभएको भन्दै अस्वीकार गरेको र ऋण दिएपनि प्रिमियम बढी लिने गरेका हुनाले यसलाई कम गर्न क्रेडिट रेटिङ गर्न लागेको अर्थमन्त्रीको भनाई छ ।

ठुला परियोजनाको वित्तीय असुविधालाई मध्यनजर गर्दै सरकारले हेजिङ विनियमावली ल्याएको पनि उनको भनाई छ । अर्थमन्त्री खतिवडाले केही दिन भित्रमा माथिल्लो त्रिसुली जलविद्युत आयोजनाबाट हेजिङ कार्यान्वयन गरिने बताए । यसका साथै विदेशी विनिमय एनको पनि संशोधन हुन लागेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्रले नेपालमा वैदशिक लगानी भित्र्याउने सुवर्ण अवसरको रुपमा लिएको बताईन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले लगानी सम्बन्धी ऐन कानुून बनाउने तथा परिमार्जन गरिरहेकोले निजी क्षेत्र पनि सरकासँगै उभिएको बताए ।

निजी क्षेत्रको धारणमा विशेष रुपमा प्रस्तुत भएका नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विदेशी लगानीकर्ताहरुलाई रेट अफ रिर्टनको आधारमा नेपाल विश्वमै उत्कृष्ट मुलुक रहेको बताए । यस विषयमा लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई जानकारी गराउन आवाश्यक रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]