March 30th, 2019

लगानीका लागि १७ वटा परियोजनामा आवेदन, १५ वटामा सम्झौता

बैंकिङ खबर । सरकारले शोकेसमा राखेको विभिन्न ७७ परियोजना मध्ये विदेशी लगानीकर्ताले १७ वटा परियोजनामा लगानी गनइ इच्छा देखाएका छन् । बोर्डको वोबसाइटमा १७ जना आवेदन परेको देखिएको छ । उनीहरुले लिखित रूपमै लगानी गर्ने इच्छा देखाएका छन् । १५ वटा परियोजनामा भने विभिन्न कम्पनीसँग सम्झौता भएको छ ।

लगानी वोर्डका अनुसार सरकारले तोकेको राजश्व तिररै १७ वटा परियोजनामा आशय आएको जनाएको छ ।

सरकारले तोकेका परियोजनामा २० अप्रिल सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । त्यसैले अझै लगानी प्रतिवद्धता आउने विश्वास वोर्डको छ । वोर्डले सम्मेलनमै १७ वटा परियोजनामा लगानी प्रतिवद्धता आउनु महत्वपूर्ण भएको बताएको छ ।

पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा,
ऊर्जामा ४ वटा,
कृषिमा ३ वटा,
शिक्षा र स्वास्थ्यमा २ वटा, 
लजिस्टिकमा १ वटा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]