June 23rd, 2019

रुपन्देहीको मुर्गियामा नेपाल बैक लिमिटेडको १६३ औं शाखा

 

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले आफ्नो १ सय ६३ औं शाखा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा उक्त शाखा पुनस्थापित गरि संचालनमा ल्याएको हो ।

सो शाखा कार्यालय सोहि नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की र बैक का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख कार्कीले नेपालको अग्रणी नेपाल बैंकले त्यस क्षेत्रमा स्थापना हुन लागेका विभिन्न उद्योग र विस्तार हुँदै गरेका उद्यम, व्यवसायका क्षेत्रमा सक्रिय सहभागिताको अपेक्षा राखेका छन् । यस्तै बैकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले बैकले उपयुक्तताको आधारमा स्थानीय आवश्यकता सरकारको प्राथमिकतालाई ध्यान दिई लगानी विस्तार गर्ने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]