August 6th, 2019

राष्ट्र बैंकको नीतिपछि अप्ठेरोमा परेका बैंकका अध्यक्ष र सीईओहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकको लागि उमेर हद तोकेपछि केही बैंकरहरुको बैंकिङ करिअरका तत्काल पूर्णविराम लाग्ने देखिएको छ । राष्ट्र बैंकले संचालकका लागि ७० वर्ष र प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्ष उमेर हद तोकिएको छ ।

७० वर्ष नाघेको व्यक्ति इजाजतप्राप्त संस्थाको संचालक पदमा नियुक्त, पुनःनियुक्त तथा मनोनित हुन योग्य नहुने र ७४ वर्ष नाघेको व्यक्ति संचालक पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले जनाएको छ । जसअनुसार, नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ट पदमुक्त हुने भएका छन् । सर्कुलर जारी भएकै दिनबाट पौड्याल ७४ वर्ष पूरा भएका छन् । त्यस्तै, श्रेष्ठ पनि ७४ वर्ष कटिसकेका छन् ।

६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनःनियुक्त हुन योग्य नहुने र ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने पनि राष्ट्र बैंकद्धारा जारी सर्कुलरमा उल्लेख छ । जसअनुसार, प्राइम बैंकका सीईओ नारायणदास मानन्धर पदमुक्त भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]