August 11th, 2019

राष्ट्र बैंकको निर्देशनले बैंकिङ प्रणालीमा हलचल

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत सोमबार ल्याएको निर्देशनले यति बेला बैंकिङ प्रणालीमा हलचल मच्चिएको छ । राष्ट्र बैंकको निर्देशनले बैंकहरूको नाफा २५ प्रतिशत घट्नेलगायतका अर्थतन्त्रमै समस्या पर्ने भन्दै बैंकर्सले विरोध गरेपछि हलचल मच्चिएको हो ।

बैंकर्सले स्प्रेडदरलगायतका निर्देशनमा पुर्नविचार गर्न बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको नेतृत्वमा राष्ट्र बैंकसँग भेटघाट गरिसकेको छ । भेटवार्ताको क्रममा राष्ट्र बैंक केही लचक देखिएको छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी भने लचक देखिँदैनन् । उनले अर्थतन्त्र बिग्रेर गयो भने त्यसको असर सबैले बाँडेर भोग्नुपर्छ र राम्रो भयो भने प्रतिफल बाँडेर लिनुपर्ने बताए । एउटा पक्ष फाइदामा गइरहने, अर्काे पक्षले नोक्सानी बेहोरिरहनु न्यायसंगत नभएको उनको भनाइ छ ।

राष्ट्र बैंकले भर्खर ल्याएका नीति तत्काल संशोधन गर्ने हो भने त्यसले बैंकिङ प्रणालीमा बेतिथि ल्याउन सक्छ भन्ने उनको धारणा छ । त्यसैले नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई कस्तो असर पर्छ भन्ने अहिले नै यकिन नभएकाले भएको अवस्था होइन । अर्थतन्त्र बिग्रेर गयो भने त्यसको असर सबैले बाँडेर भोग्नुपर्छ । राम्रो भयो भने बाँडेर प्रतिफल लिनुपर्छ । एउटा पक्ष फाइदामा गइरहने, अर्काे पक्षले नोक्सानी बेहोरिरहने भन्ने न्याय संगत नहुने उनको धारणा छ ।

राष्ट्र बैंकका नीति कार्यान्यनमा आउँदा ठूलै समस्या भएर हल्लै गर्नुपर्ने स्थिति नआएको डेपुटी गभर्नर शिवाकोटीले बताए । ‘राष्ट्र बैंकको यो निर्देशन कार्यान्वयमा आउँदा मार्केट धरासायी भइहाल्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

संघले स्प्रेडको मूल्यांकन शुत्र परिवर्तन नगर्ने हो भने बैंकिङ क्षेत्र सञ्चलनमा ठूलो समस्या पर्ने भन्दै राष्ट्र बैंकले जारी गरेको निर्देशनमा संशोधन गर्न माग गरेको छ । राष्ट्र बैंकले लगानीबाट हुने आम्दानीबाहेक निक्षेप र ऋणको ब्याज अन्तरलाई स्प्रेडको रूपमा मान्यता दिएको छ । यसअघि ऋणपत्रमा गरेको लगानीको आम्दानीलाई पनि स्प्रेडमा गणना गर्न पाइने व्यवस्था थियो ।

यस नयाँ व्यवस्थाले बैंकहरूको आम्दानी २५ प्रतिशतले घट्ने भन्दै त्यसलाई सच्याउन बैंकरले राष्ट्र बैंक गुहारेका हुन् । त्यस्तै, काउन्टर साइक्लिकल बफरलाई पनि क्रमशः लागू गर्नुपर्ने माग बैंकर्सको छ । एकैपटक ११ प्रतिशतबाट २ प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पु¥याउँदा लगानी गर्न समस्या पर्ने बैंकरको बुझाइ छ । त्यसैगरी, बैंकास्योरेन्स बन्द गरेको प्रति पनि बैंकर्सको चित्त दुखाइ छ ।

बैंकास्योरेन्समा केही बैंकले गलत गरे पनि सबैलाई एउटै डालोमा राखेर बन्द गर्दा बिमा क्षेत्रमा असर पर्न सक्ने उनीहरूको विश्लेषण छ । त्यस्तै, सञ्चालक तथा प्रमुख कार्यकारीको उमेर हद तोकिनुपर्ने केही बैंकरका लागि चित्त बुझेको छैन । राजधानी दैनिकमा प्रकाशित समाचार 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]