August 9th, 2019

मेरो माइक्रो फाइनान्समा रामहरि दाहाल पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

बैंकिङ खबर । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको कार्यकालका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुन नियुक्ति गरेको छ । साथै सोही बैठकले संस्थामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ ।

मेरो माइक्रोफाइनान्सको वार्षिक आम्दानी विवरण
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय स्तरको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आवको असार मसान्तसम्म १६ करोड ७६ लाख २२ हजार खुदनाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा कम्पनीले ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको हो ।
शत प्रतिशत हक प्रद र बोनसबाट १३० प्रतिशतले चुक्ता पूँजी बढाएको यस कम्पनीले १५ करोड ८५ लाखको जगेडा कोषलाई ३३ करोड ९० लाखको उचाईमा पुर्याएको छ ।
यस माइक्रोफाइनान्सले असार मसान्तसम्ममा एक अर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ६२ लाख सापटीबाट ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्चपछिको सञ्चालन नाफा २२ करोड ९३ लाख कायम गरेको छ ।
हाल यस माइक्रोफाइनान्सले देशका ५ जिल्लामा ५ शाखाकार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]