August 24th, 2019

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको “माइतीको आगँन मिर्मिरे” तीज कार्यक्रम सम्पन्न

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय श्रीनगर सल्यानले आफ्ना ग्राहक सदस्य साथै समुदायका अन्य महिलाहरु लाई समेटेर “माइतीको आगँन मिर्मिरे” मितव्ययी तीज कार्यक्रम २०७६ सम्पन्न गरेको छ । उक्त संस्थाले आउदै गरेको महीला दीदी—बहिनीहरु को महान चाँड हरीतालिका तीजको अवसर पारेर शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै शाखा कार्यालय श्रीनगरका शाखा प्रबन्धक भरत बा. कडायतले तीज लगायतका चाँड पर्वहरुमा देखासेखि गरि अत्याधिक खर्च गर्ने गरेकाले चाँड पर्वमा खर्च कम गरी भविष्यका लागि बचत गर्ने बानि बसाल्न सुझाव दिएका थिए । मन्तव्यको क्रममा उनले मिर्मिरे सम्पूर्ण दिदी बहिनीको माइती भएकाले माइती बाट हुनुपर्ने सम्पूर्ण जिम्मेवारी तथा दायित्व पुरा गरीरहेको र भविष्यमा अझै परीष्कृत गर्दै लाने बताएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]