July 21st, 2019

मिर्मिरे लघुवित्तको सहकार्यमा युथ फर सोसल ट्रास्फरमेशनकोे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सहकार्य तथा युथ फर सोसल ट्रास्फरमेशन नेपालकोे आयोजनामा वित्तीय साक्षरता र प्रजन्न स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम अनामनगर स्थीत युथ फर सोसल ट्रास्फरमेशन नेपालको कार्यालयमा भएको हो ।

कार्यक्रममा जडिबुटि क्षेत्रमा बसोबास गर्ने २० जना भूमिहिन महिलाहरुकोे सहभागितामा सम्पन्न कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन, पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बीमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनीमार्फत जानकारी गराईएको थियो ।

साथै प्रजन्न स्वास्थ्यमा परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार, गर्भपतनको कारणहरुबाट उत्पन्न हुने समस्याहरुको रोकथाम तथा उपचार, यौन रोग/संक्रमण र एच.आई.भी./एड्स, बाँझोपनको रोकथाम तथा उपचार सम्बन्धी जानकारी दिइएको थियो । साथै किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य , प्रौढ महिलाका प्रजनन् स्वास्थ्य समस्या यसका अतिरिक्त लैङ्गिक समानतामा सशक्तिकरण, पुरुषको सहभागीता, यौन तथा प्रजनन् अधिकार तथा मानव जीवन चक्रको प्रत्येक अवस्थामा उपयुक्त स्वास्थ्य सेवा पाउने कुराको बारेमा जनचेतना मुलक कार्यक्रम गरिउको संस्थाले जनाएको छ ।

कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का सामाजिक विकास तथा तालिम विभाग प्रमुख बिकल काफ्ले, युथ फर सोसल ट्रास्फरमेशन नेपालको कार्यक्रम संयोजक भिक्ट्री थापा, कर्मचारीहरु राम विश्वकर्मा, ऋचा साउद सामाजिक संवयमसेविका प्रयंका यादब लगायको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै युथ फर सोसल ट्रास्फरमेशन नेपालको कार्यक्रम संयोजक भिक्ट्री थापाले यस्ता कार्यक्रमहरुले उद्यमी महिलाहरु लाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदान गर्न मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामि दिनमा निरन्तर गर्न आवश्यक रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]