April 2nd, 2019

महालक्ष्मी लाईफका सिईओ भन्छन् “हामी बीमा हैन विश्वास बिक्री गछौं”

नेपालमा बीमाको सुरुवात भएको सात दशक भन्दा लामो समय भइसकेको छ । बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि बीमाको पहुुँच खासै विस्तार हुन सकेको छैन् । अधिकांश मानिसलाई बीमाको बारेमा जानकारी नै छैन भने केही मानिसहरुले पनि बीमालाई खासै रुचाएको देखिदैन । नेपनलमा बीमा गर्नेको संख्या न्यून मात्रै रहेको छ ।

बीमा गर्नेहरुमा पनि स्वेच्छाले बीमा गर्न भन्दा पनि फोर्सफुल बीमा गर्नेको संख्या अधिक रहेको छ र यसै सन्दर्भमा नेपालको १९ औं बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका रमेश कुमार भट्टराई भन्छन् “हामी बीमा हैन विश्वास बेच्छौ ।” उनै भट्टराईसँग नेपालको समग्र बीमा क्षेत्रको अवस्थाको बारेमा बैंकिङ खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।

नेपालको बीमा यात्राले ७ दशक पुरा गरि सक्दा पनि सिमित वर्ग बाहेक माथि उठ्न सकेको छैन । अझै पनि अन्य मुलुहरुको तुलनामा बीमाको पहुँच र विस्तार हुन नसक्नुका कारण के के देख्नु भयो ?
एउटा लामो समय सम्म बीमाको पहुँच बढ्न नसकेको भने पक्कै पनि हो । नेपालमा बीमाको अवधारणा रुपमा २००४ सालमा नेपाल बैंकको भगिनी संस्थाको रुपमा नेपाल इन्स्योरेन्सको स्थापना सँगै भएको हो । नेपालमा विगतको दिनहरुमा वीमाको पहुँच र आकर्षण बढ्न नसक्नुको कारण भनेको नेपालीहरुको आर्थिक अवस्था कमजोर हुनु नै हो । अधिकतम नेपालीहरुको जीवन निवार्ह गरेर वचत गर्न सक्ने अवस्था थिएन । अर्को कारण भनेको जनचेतनाको अभाव नै हो । विगतमा नेपालमा बीमा कम्पनीहरुको संख्या पनि कम रहेका थिए । जसले गर्दा बीमालाई गाउँ गाउँमा लैजानु पर्छ भनेर कसैले पनि चासो दिएनन् । २०६४ सालमा नयाँ ४ वटा जीवन बीमा कम्पनीको स्थापना पछि मात्र बीमाको विस्तार गाउँ गाउँमा हुन सुरु भयो । जब पछिल्लो समय १० वटा बीमा कम्पनी आए त्यस पश्चात् बीमाले एउटा अभियानको रुप लियो । जुन कुरा ७० वर्ष सम्म सात प्रतिशत रहेको बीमाको पहुँच पछिल्लो दुई वर्षमा १७ प्रतिशत पुगेको छ । यसलाई हेर्दा अहिले बीमाको विस्तार भएको देखाउँछ ।

बीमा गर्दा अभिकर्ताहरुले बुझाएर भन्दा संख्या बढाउने हिसाबले मात्र गराउँछन् भन्ने सुनिन्छ । बीमा बारे अभिकर्तालाई नै ज्ञानको कमि भएर हो ?
जीवन बीमा भनेको अभिकर्तामा निर्भर रहने क्षेत्र हो । कानुनले पनि जीवन बीमाको पोलिशि अभिकर्ता मार्फत बिक्री गर्न भनेको छ । चाहे त्यो संस्थागत होस् अथवा व्यक्तिगत । बीमा कम्पनीले सिधै जीवन बीमा पोलिशि बिक्री गर्न पाउँदैनन् । हरेक मानिसको अवस्था अध्ययन गरेर आर्थिक अवस्था अनुसारको पोलिशि बिक्री गर्ने अभिकर्ताले नै हो । अहिलेको बीमा ऐनने एसएलसी पास गरेपछि बीमा अभिकर्ता हुन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले अधिकांश ठाउँमा बीमा अभिकर्ता एसएलसी पास गरेका मात्र छन् जसलाई बीमाको त्यति ज्ञान रहेको छैन । यो अवस्थामा बीमा कम्पनीहरुले अभिकर्तालाई आवश्यकता अनुसारको तालिम तथा बीमाको ज्ञान उपलब्ध गराउन नसकेको अवस्था रहेको छ । अधिकांश अभिकर्ताले बीमाको पोलिशीहरुको बारेमा बुझाउँन नसक्दा मेरो लागि भए पनि बीमा गरिदिनु भन्ने गरेको र फोर्स बीमाको अवस्था आएको हो । बीमाको जनचेतना बढेसँगै अन्य विकशित मुलुकमा जस्तै आवश्यकता महसुस हुन थाल्दछ, त्यस पश्चात बीमा अभियानको रुपमा अघि बढ्छ, अहिले त्यसको सुरुवात भएको छ ।

त्यसो भए शिक्षित अभिकर्ताको कमीले नेपालमा बीमा पहुँच बढ्न सकेन भन्न सकिन्छ ?
यो पनि एउटा कारण हो तर बीमा कम्पनीहरुले पनि विभिन्न चरणमा तालिम दिनु पर्ने हुन्छ त्यो दिन सकेका छैनन् जुन बीमा कम्पनीको कमजोरी हो । बीमा कम्पनीहरु व्यापार वृद्धिमा मात्र लागे अभिकर्तालाई शिक्षित बनाउन तर्फ ध्यान पुर्याउन सकेनन् । पछिल्लो समय ९ वटा जीवन बीमा कम्पनीहरु आएसँगै भएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा जुन गुणस्तरीय अभिकर्ता उत्पादन हुनुपर्ने हो त्यसमा अहिले पनि अभाव देखिरहेको छ । जसो तसो अभिकर्ता बनाएर गाउँमा पठाउने र उनीहरुलाई बीमा विक्रि गरे बापतको कमीसन पाउँनुहुन्छ भन्ने मात्र बीमा कम्पनीहरुमा देखिएको छ । टार्गेट पेश गरेर आफ्नो लाभका योजनाहरु ल्याउने र अभिकर्तालाई प्रेसरमा काम गराउने भइरहेको छ । अनि अभिकर्ताले ग्राहकको अवस्था भन्दा माथिको र अभिकर्तालाई नै थाहा नभएको बीमा पोलिसिहरु जवरजस्ती बिक्री भएको अवस्था बजारमा देख्न सकिन्छ ।

आम सर्वसाधारणले जीवन बीमा गर्नै पर्ने कारण के छन् त ? बीमा गर्दाका फाइदाहरु के के हुन्छन् ?
भविष्यमा आम मानिसको जिवनमा हुने सम्भावित दुर्घटनाबाट हुने आर्थिक क्षतिलाई कभर गर्नको लागि बीमा गर्ने हो । विकशित मुलुकहरुमा सुरक्षाको पाटोलाई प्रमुख स्थान दिइन्छ । नेपालीहरुको सुरक्षा प्राथमिकतामा छैन । नेपालीमा थोरै पैसा ाट कसरी धेरै रिर्टन लिन सकिन्छ । आफुसँग भएको पैसालाई कसरी परिचालन गनर्,े कति व्याज र कति रिर्टन आउँछ भन्ने ज्यादा चासो रहेको देखिन्छ । अहिले आम नेपाली शेयर बजार प्रति चासो भएको कारण पनि यही हो । जीवन बीमा भनेको बिमित र बीमा कम्पनी विचको दिर्घकालीन सम्झौता हो । बीमा गर्दा आर्थिक क्षतिबाट बच्न सकिन्छ भने आफुसँग भएको पैसाको दिर्घकालिन बचत पनि हो । बिमित जिवितै भएको अवस्थामा सोचेअनुसारको बचतको रुपमा पैसा पाउँछ र आफ्नो खाँचो टार्न सक्छ भने दुर्घटना भएमा बीमाको दावी प्राप्त गरेर सुरक्षित रहन्छ । त्यसैले महालक्ष्मी लाईफ “आज पनि भोलि पनि, बचत पनि सुरक्षा पनि” भन्ने नारालाई मिसन बनाएर अगाडी बढाएको छ । जसमा आज भने वर्तमानलाई पनि केयर गर्ने र भोलि भनेको भविष्यमा दुर्घटना भएमा सुरक्षा प्रदान गर्ने हो । वर्तमान र भविष्यलाई सुरक्षित गर्दै बचतलाई प्रोत्साहन गर्ने मिसन हो । जुन हरेक बीमा कम्पनीको उद्देश्य हो ।

महालक्ष्मी लाईफलाई २ वर्ष भित्रमा नयाँ खुलेका बीमा कपनीहरुमध्ये उत्कृष्ट र ५ वर्षमा नेपालकै उत्कृष्ट जीवन बीमा कम्पनी बनाउँछु भन्नु भएको छ । सर्वसाधारणले महालक्ष्मीलाई विश्वास गर्ने आधारहरु के छन् ? 
कुनै पनि कम्पनीको जिम्मेवारी लिएपछि त्यसलाई सफल बनाउन निश्चित लक्ष्य आवश्यक पर्दछ । अहिले बजारमा पनि महालक्ष्मीलाई हामीले किन विश्वास गर्ने भन्ने प्रश्न आउने गरेको छ । महालक्ष्मीलाई विश्वास गर्ने आधार भनेको यसका लगानीकर्ताहरु बलीयो रहनु हो । वाणिज्य बैंक र विकास बैंक गरि पाँच वटा ठुला लगानीकर्ता रहेका छन् । अन्य लगानीकर्ताहरुमा इन्जिनियर, वकिल, पुर्व सिईओहरु र नोपल धितोपत्र बोर्डका पुर्व अध्यक्षहरु लगायतका प्रोफेसनल मान्छेहरुको टीम छ । त्यस्तै उच्च व्यवस्थापन पनि राम्रो हुन जरुरी छ । हाम्रोमा उच्च व्यवस्थापन टीम राम्रो छ । म आफैंले टीमको नेतृत्व गरिरहेको छु । मसँग दुई वटा जीवन बीमा कम्पनी एउटा विकास बैंक र फाइनान्स कम्पनीकोे सफल नेतृत्व गरिसकेको अनुभव छ । त्यही अनुभवले पनि भोली महालक्ष्मीलाई राम्रो कम्पनीको रुपमा अगाडी लैजान सक्ने विस्वास छ ।

अर्को भनेको बीमा पोलीसी हो । अन्य बीमा कम्पनी पनि बजार विस्तारमा लागेका छन् तर नयाँ आम सर्वसाधारणलाई उपयूक्त र चाहेको पोलीसी ल्याउन सकेका छैनन् । एउटा कम्पनीले ल्याएको पोलीसीको कपी गरेर त्यसलाई नाम चेन्ज गरि बिक्री गरिरहेका छन् । उस्तै किसिमका पोलीसीमा मानिसको आकर्षण हुँदैन केही नयाँ दिन सक्नु पर्छ । त्यही नयाँ कुरा अन्र्तगत महालक्ष्मीले लगानी फिर्ता बीमा योजना र महालक्ष्मी डबल बीमा योजना ल्याएको छ । जसले बजारमा राम्रो रेस्पोन्स पाइरहेको छ । हिजोको दिनमा बजारमा प्रतिस्पर्धा नहुँदा महँगो पोलीसीहरु बिक्री भइरहेका थिए तर अहिले १९ वटा कम्पनीको प्रतिस्पर्धा छ । अन्य कम्पनीले नै बच्ने जस्तो सावधिक बीमा योजना महालक्ष्मीले सबैभन्दा सस्तो बेचिरहेको छ । बजारमा भएको प्रतिस्पर्धाले सस्तो र राम्रो पोलिसी ल्याउनुपर्ने बाध्यता बीमा कम्पनीहरुलाई रहेको छ । त्यसको सुरुवात महालक्ष्मीले गरेको हो ।

अर्को भनेको दक्ष अभिकर्ता उत्पादन र बीमा शिक्षा हो । महालक्ष्मीले सञ्चालनको छोटो अवधिमा ४० वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । महालक्ष्मीको योजना भनेको पब्लिक अवार्नेस गर्ने, अभिकर्ता उत्पादनलाई निरन्तरता दिने, पोलीसीहरु नयाँ ल्याउने र म्यानेजमेन्ट राम्रो बनाएर गुणस्तरीय सेवा दिने तथा निकट भविष्यमा नै प्रविधिमैत्री इन्स्योरेन्स सेवा प्रदान गर्ने योजना छ । जसमा ब्रान्च लेस बीमा सेवाको कन्सेप्ट रहेको छ र यसमा हामी जाँदै छौं । बीमा प्रविधिमैत्री भएन भने मास लेवलमा काम गर्ने अवस्था छैन । यी विभिन्न योजनाले गर्दा हामी ५ बर्षमा नेपालको उत्कृष्ट बीमा कम्पनी बन्ने छौं ।

हामीले बीमा हैन विश्वास बेच्ने भन्नु भएको छ ? अहिले पनि नेपालमा र्फोसफुल्ली बीमा गराइरहेको अवस्थामा यो कसरी सम्भव छ ?
अहिले पनि सर्वसाधारणले स्वेच्छा तथा आफ्नो विवेकले बीमा किन्दैनन् । अभिकर्ताले आफ्नो हितको लागि तथा आफुले पाउने कमिसनको लागि र्फोसफुल्ली बीमा गराइरहेका छन् । अहिले १८ वटै कम्पनीले पनि त्यही सिनारियोमा काम गरिरहेकोले बीमा अगाडी बढ्न सकेको छैन । भोल्यूममा बीमा बढेको छ तर इच्छाले बीमा गर्नेको संख्या न्यून मात्र छ । त्यसलाई विस्थापित गर्नको लागि महालक्ष्मीले पहिले अवार्नेस कार्यक्रम गर्दैछ । त्यपछि अभिकर्ता तालिम गरेर योग्य बनाउनुको साथै नयाँ पोलीसी तयार पारेर मात्र बजारमा जाने हाम्रो योजना हो । जसले गर्दा आम मानिसको विश्वास जित्न सकियोस । संचालनमा आएको दुई महिना नपुग्दै एक किसिमको विश्वास जितिसकेको छौं । महालक्ष्मी विकास बैंकले हिजोको दिनमा सफल रुपमा स्थापित भइसकेको र उक्त विकास बैंक पनि यसमा संलग्न भएको हुँदा महालक्ष्मी नामले नै आम मानिसको विश्वास जितिसकेको छ । महालक्ष्मीको बलियो आधार भनेको नै विश्वास सिर्जना गर्नु हो । विश्वास लिनको लागि केही समय लाग्छ । त्यही विश्वासको लागि त हामीले जिल्ला जिल्ला गएर कार्यक्रम संचालन गरिरहेका छौं । सुरुमा हामीले व्यापार भन्दा पनि विश्वास आर्जन गरेर त्यही विश्वासलाई ब्रान्डको रुपमा लैजाने योेजना हो । अहिले पनि महालक्ष्मीको सेवा र पोलीसी प्रति आम मानिस उत्साहित छन् । संचालनमा आएको सम्पुर्ण शाखामा मानिसको भिड लागिरहेको छ ।

बीमा कम्पनीहरुले पोलीसी बनाउँदा लक्षित समुहरुलाई भन्दा पनि कम्पनीको प्रमोसन र नाफालाई मात्र हेरेर बनाइरहेका छन् । आम मानिसको आर्थिक अवस्था हेरर किन पोलीसी बनाइदैंन ?
आम मानिसको क्षमता र चाहना अनुसारको बीमा पोलीसीहरु हिजोको दिनमा नबनेकै हो । अहिले महालक्ष्मी लाइफले उक्त कुरालाई ख्याल गरेर तीन वटा पोलीसीहरु ल्याएको छ । रेगुलर र अलि धेरै प्रिमियम बुझाउन सक्नेलाई डबल बीमा योजना ल्याएको छ । आर्थिक अवस्था कमजोर भएको र वर्षमा १ पटक मात्र प्रिमियम तिर्न सक्नेलाई लक्षित गरेर लगानी फिर्ता बीमा योजना ल्याएको छ । हिजोको दिनमा प्रतिस्पर्धा नहुँदा बीमा कम्पनीहरुले महंगो बीमा पोलीसीहरु ल्याएका थिए । त्यसलाई मध्यनजर गरेर महालक्ष्मी लाइफले अन्य १८ वटा जीवन बीमा कम्पनी भन्दा सस्तो दरमा सावधिक बीमा योजना ल्याएको छ ।

नेपालमा बीमा पोलीसीहरु बनाउने कोही पनि छैनन् । सबै बीमा पोलीसीहरु भारतिय एक्चुरी बीमाङकीहरुले बनाउँछन् । बीमा पोलीसी बनाउँदा हेर्ने भनेको कम्पनीको सम्भावित आम्दानी, सम्भावित खर्च र देशको डेप्ट रेसियो हो । तर त्यसमा पोलीसीलाई सस्तो महगो बनाउने आधारहरु पनि हुन्छन् । नेपालमा पोलीसी बनाउन सक्ने जनशक्तिको अभाव छ । यो भनेको बीमा क्षेत्रको लागि र्दुभाग्य हो । तर महालक्ष्मीले कम मार्जिन राखेर भए पनि सस्तो दरमा पोलीसी बिक्री गर्नु पर्छ भनेर सस्तो पोलीसी ल्याउने प्रयास गरिरहेको छ । २ महिनाको अवधीमा तीन वटा नयाँ पोलीसी ल्याएको छ । यस पोलीसीसँग प्रतिस्पर्धा गर्न अन्य बीमा कम्पनीले पनि नयाँ पोलीसी ल्याउन सक्ने विश्वास हाम्रो छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]