July 5th, 2019

मर्जर पश्चात ग्लोबल आईएमई बैंकको सिइओमा परशुराम कुँवर

बैंकिङ खबर । राष्ट्र बैंकको बिग मर्जर नीतिले आगामी दिनमा जनता बैंक नेपाल नरहने भएको छ । ग्लोबल आइएमइ बैंकसंग मर्जरको सम्झौता गरेको जनता बैंकको नाम मर्जर पश्चात मेदिने भएको हो ।

आधा दर्जन बढि बैंक तथा वित्तीय संस्थलाई गाभेको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौतापत्रमा साङ्ग्रिला होटलमा हस्ताक्षर गरिसकेको छ । उक्त सम्झौता अनुसार दई बैंकहरुको मर्जर पश्चात बैंकको नाम ग्लोबल आइएमइ बैंक नै राखिने छ । साथै मर्जपछि बैंकको सिइओमा पर्शुराम कुँवर रहने जनाइएको छ ।

साथैबरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्। सम्पति तथा दायित्व मूल्यांकनपछि शेयर आदन प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]