July 10th, 2019

“मर्जरको कुराहरु राष्ट्र बैंकले आफ्नै तवरले गर्न खोजेको हो ”

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरु अटेरी र अल्छी भएको कारण बिग मर्जरको नीति ल्याएको बताएका छन् । राष्ट्र बैंकद्धारा आयोजित मौद्रिक नीति सुझाव संकलन कार्यक्रममा गभर्नर डा. नेपालले मुलकको अर्थतन्त्रको आवश्यकता अनुसार नै राष्ट्र बैंकले बिग मर्जरको नीति अवलम्वन गर्न लागेको बताएका हुन् । प्रस्तुत छ गभर्नर नेपालले मर्जरको विषयमा गरेको सम्बोधन, उनकै शब्दमा :

“देशको अवस्था, विकासको स्थिती, व्यापार व्यवसाय, उद्योगको पृष्ठभुमि तथा व्यवहारलाई हेरेर नीति नियमनमा परिवर्तन गरिरहनुपर्छ । त्यसको परिवर्तनको प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा संसार भरि पर्दै आएको हुन्छ । नेपालमा पनि सबै कुराहरुलाई हेरेर नीतिमा परिवर्तत गरिन लागिएको हो ।

अहिले नेपालमा मात्र होईन अमेरिकामा पनि बैक तथा वित्तीय संस्थाहरु मर्जरको कुरा उठिरहेको छ । अमेरिका जस्ता ठाँउमा ३/४ वटा भएका बैंक पनि मर्ज हुनुप¥यो भन्ने कुरा छ । त्यो सबैले बुझ्न आवश्यक छ ।

समय परिवर्तनसँगै प्रविधिमैत्री बन्नका लागि बैंकहरुमा आइटीको लागि धेरै खर्च भएको छ । सफ्टवयरमा एकदमै चुनौतीहरु देखिएको छ । त्यसैकारण ३÷४ वटा बैंकहरु मर्ज भएमा यस्तो खर्च कम हुन्छ त्यस्तै पैसाको मुभमेन्ट पनि कम हुन्छ ।

परिवर्तित समयअनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफुलाई बलियो बनाउनु पर्छ । वि.सं २०६२/६३ मा बैंकको पुँजी ५० करोडबाट २ अर्ब पुर्याउने भनिएको थियो । विस. २०७२ सम्म २ अर्ब पुँजी पुर्याउने जम्मा ३२ बैंकहरु थिए । विश्वमा कुनैपनि बैंकलाई केन्द्रिय बैंकले अनलिमिटेड तरिकाले छाडिदिँदैन ।

बैक वित्तीय सँस्थालाई त्यसरी पोलीसीमा केन्द्रिय बैंकले समय दिँदैन । यो बैंकर्सहरुले विचार गर्नुपर्छ । त्यसैकारण यो मर्जरको कुराहरु राष्ट्र बैंकले आफ्नो तवरले गर्न खोजेको हो ।

बैंक तथा वित्तीय क्षेत्रमा अहिले सबैभन्दा चुनौतीको विषय भनेको आइटी हो । आइटी, अडिट लगायतका कामहरु हामीले गरिरहेका छौँ । त्यस्तो बढि खर्च हुन्छ ।

हरेक कामहरु केन्द्रिय बैंकले अध्ययन गरेरै गर्छ । त्यसैले तपाईहरुको कुराहरु हामीले ध्यान दिएर सुनेका छौँ । तपाईहरुको सुभावहरुलाई हामीले मनन गरेका छौँ । हामी मौद्रिक नीीत ल्याउने तयारीमा छौँ । हामीलाई स्वागत सहयोग गरिदिनुहोला ।”


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]