April 26th, 2019

बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

बैंकिङ खबर । आर्थिक वर्ष २०७४/०७५ को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । गत वर्ष औद्योगिक क्षेत्रमा भएको कर्जा प्रवाह ८ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ थियो । यो वर्ष पनि यस्तो कर्जामा उच्च वृद्धि भएको बैंकर्सहरु बताउँछन् । आर्थिक वर्ष २०७४/०७५मा बैंकहरुले प्रवाह गरेको कुल कर्जा मध्ये ३३ दशमलव ७ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा रहेको तथ्याङ्कले देखाउँछ ।

नेपाल राष्ट्र बैंकले अध्ययन गरेको ५७ जिल्लाको आधारमा तयार पारिएको उक्त प्रतिवेदनमा उत्पादन क्षेत्र जस्तै, कृषि, वन तथा पेय पदार्थ तषा खाद्यवस्तुमा गरेको लगानी २८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । निर्माण क्षेत्रमा १९ दशमलव २ प्रतिशत, पर्यटन उद्योग÷सेवा शीर्षकमा ३५ दशमलव ६ प्रतिशत, विद्युत, ग्याँस तथा पानी शीर्षकमा ४१ द्यशमलव ४ प्रतिशत, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक शीर्षकमा २४ प्रतिशतले र खानी सम्बन्धी उद्योगमा ४३ दशमलव ९ प्रतिशतले कर्जा वृद्धि भएको देखिन्छ ।

क्षेत्रगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुको कुल औद्योगिक कर्जा लगानीमा काठमाडौंमा मात्रै ५८ दशमलव ९ प्रतिशत, विराटनगर क्षेत्रमा १० दशमलव ५ प्रतिशत, वीरगञ्ज क्षेत्रमा १० प्रतिशत, सिद्धार्थनगर क्षेत्रमा ७ दशमलव २ प्रतिशत, पोखरा क्षेत्रमा ६ दशमलव २ प्रतिशत, नेपालगञ्ज क्षेत्रमा ३ दशमलव २ प्रतिशत, धनगढी क्षेत्रमा २ दशमलव १ प्रतिशत र जनकपुर क्षेत्रमा १ दशमलव ८ प्रतिशत हिस्सा रहेको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौं क्षेत्रमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहने गरेकाले पनि कुल कर्जामा काठमाडौं क्षेत्रको अंश उच्च देखिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]