July 24th, 2019

बैंकहरुले आफूखुसी बीमा पोलिसी विक्री गर्न नपाउने

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले आफूखुसी बीमा पोलिसीहरु विक्री गर्न नपाउने भएका छन् । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने व्यवस्था गरेको छ । कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]