March 7th, 2019

“बजारको हल्ला जस्तो तरलताको अभाव विकास बैंकहरुमा छैन” प्रविण बस्नेत

बैंकिङ खबर। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव हुँदा पनि विकास बैंकहरुमा त्ययसको खासै प्रभाव परेको देखिदैन । वाणिज्य बैंकहरुले लगानीयोग्य पूँजीको अभाव भएर कर्जा लगानी गर्न सकेका छैनन् तर विकास बैंकहरुले भने धमाधम कर्जा लगानी गरिरहेका छन् । यसै सन्र्दभमा समग्र विकास बैंकहरुको अवस्था र कामना सेवा विकास बैंकको आगामी रणनीति लगायतका विषयमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतसँग बैंकिङ खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव हुँदा ब्याजदर उच्च भएको छ । विकास बैंकहरुमा यस्तो अवस्था छैन भनिन्छ । के विकास बैंकहरुमा प्रयाप्त तरलता भएकै हो ?
वित्तीय बजारमा लगानीयोग्य रकमको अभाव भएको कुरा केही हद सम्म् सत्य हो । तर यो अवस्था खासगरी वाणिज्य बैंकहरुमा देखिएको हो । विकास बैंकमा यस्तो अवस्था अहिलेसम्म देखिएको छैन् । विकास बैंकहरुले ग्रामिण शाखा सञ्जाल, र छरिएर रहेको ग्राहकहरुको बचत रकम तथा निक्षेपमा आधारित कर्जा स्वीकृतिले गर्दा लगानीयोग्य रकमको अभाव भोग्नु परेको छैन् । यद्यपी वाणिज्य बैंकहरुले ब्याजदरमा उच्च वृद्धि गर्दा विकास बैंकहरुको ब्याजदरलाई पनि प्रभाव पारकेको छ । तर समग्रमा विकास बैंकहरुको स्थिति स्वाभाविक नै रहयो। अन्य विकास बैंक जस्तै हाम्रो कामना सेवा विकास बैंकको Liquidity अवस्था पनि समान्य रहयो । बजारमा देखिएको लगानीयोग्य रकमको अभाव हाम्रो बैंकमा देखिएको छैन् । हामी अहिलेपनि निरन्तर रुपमा कर्जा प्रवाह गरिरहेका छौं ।

नेपालको अर्थतन्त्रको आकार पनि सानो छ । निक्षेपका स्रोतहरुपनि न्यून छन् । रेमिट्यान्सका कारण निक्षेप केही बढेको देखिन्छ । आन्तरिक स्रोतबाट निक्षेप बढाउन सक्ने अवस्था छ कि छैन ?
खासगरि विकास बैंकहरु समुदायसँग भिजेर काम गर्दै आएका छन् । संस्थागत निक्षेप विकास बैंकमा न्यून हुन्छ । विकास बैंकहरु रिटेल डिपोजिट र रिटेल कर्जामा आधारीत भएर व्यवसाय गर्ने भएकाले अहिले सम्म लगानीयोग्य रकमको अभावको सामना गर्नु नपरेको हो । कामना विकास बैंकपनि पहिले देखि नै स्थानीय समुदायसँग भिजेर व्यवसाय गर्दै आएको बैंक हो । हामीले व्यवसायिक निरन्तरताकालागि, निक्षेप वृद्धिको निमित्त चाडै नै राष्ट्रव्यापी रुपमा शाआ सञ्जालको निर्माण समेत गर्दै छौं । यसले थप व्यवसायको विस्तार हुने हाम्रो अपेक्षा छ ।

विकास बैंकहरुले विषेश गरी ग्रामिण क्षेत्रमा व्यवसाय विस्तार गरेको देखिन्थ्यो । तर पछिल्लो समय सहर केन्द्रित भएका छन् । यसले गर्दा विकास बैंकहरुलाई वाणिज्य बैंकहरुसँग प्रतिस्प्रधा गर्नुपर्ने अवस्था आयो । होइन र ?
आज पनि विकास बैंकको उपस्थिति ग्रामीण क्षेत्रमै धेरै छ । बरु हालसालै सरकारले प्रत्येक गाउंपलिकामा बैंकको उपस्थिति ensure गर्ने गरि “‘क’” वर्गका बैंकहरुलाई ग्रामीणक्षेत्रमा बाध्यकारी शाखा खोल्ने नीति लागू गरेका कारणले ग्रामीणक्षेत्रमा प्रतिष्पर्धा बढेको हो । सहरी क्षेत्रमा पनि विकास बैंकहरुले राम्रो सेवा दिइरहेका छन् । कतिपय अवस्थामा वाणिज्य बैंकहरु र विकास बैंकहरुको कार्यक्षेत्र फरक छ । अहिलेपनि सहरमा भन्दा विकास बैंकहरुको शाखा गाउँगाउँमा नै धेरै छन् ।

तपाई भरखरै मात्र कामना सेवा विकास बैंकको सिईओ बन्नुभएको छ । बजारमा निकै प्रतिस्पध छ । अब तपाइले बैंकलाइ कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
ग्राहक सेवाको गुणस्तर वृद्धि, व्यापक शाखा सञ्जाल, लगानीकर्तालाई दिने प्रतिफलको साथ साथै कर्मचारी सन्तुष्टि लगायतका मापदण्डहरुमा उत्कृष्ट भएपछि मात्र समग्रमा उत्कृष्ट संस्था बन्न सकिन्छ भन्ने मेरो बुझाइ रहेको छ । त्यसैले मेरो मुख्य योजना भनेको भिजन Control Aggression सहितको व्यवसायिक रणनीति बनाएर त्यसलाई लागु गरी उत्कृष्ट राष्ट्रिय स्तरको विकास बैंक बनाउनु रहेको छ ।

अहिले ब्यवसायीहरुले बैंकको ब्याजदर धेरै भयो भनेर निकै आलोचना गरिरहेका छन् । प्रधानमन्त्रीले पनि निकै चासोका साथ यो विषयको उठान गरेका छन् । अर्थमन्त्री पनि ब्याजदर घटाउन लागिरहेका छन् । नेपाल राष्ट्र बैंकले ब्याजदरमा केही कडाई पनि गरेको छ । यसले विकास बैंकहरुलाई कस्तो असर पारेको छ ?
नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुले संस्थाको base rate मा प्रिमियम थपी कर्जामा व्याजदर तय गर्नु पर्ने व्यवस्था अनुरुप विकास बैंकद्वारा ५ स्प्रेड दर को सीमा कायम गर्नु पर्ने कारण कर्जामा आफूखुसी व्याजदर लिन पाउने अवस्था रहदैन । त्यसैले विकास बैंकहरु बैंक सरकार, अर्थ मन्त्रालय र केन्द्रिय बैंकको नीतिगत व्यवस्थाहरु भित्र रही काम गरिरहेका छन् । हामीपनि सोही अनुसार नै काम गरिरहेका छौं ।

नेपालमा विभिन्न अनौपचारीक तथ्याङकहरुले ६० प्रतिशत वित्तीय पहुँच पुगेको देखाएका छन् । सन् २०१७ को तथ्याङ्कले पनि ४५ प्रतिशत बयस्कहरुमा मात्र वित्तीय पहुँच पुगेको छ । यस्तो अवस्थामा वित्तीय पहुँच विस्तारको लागि कामना सेवा विकास बैंकले कस्तो योजना अनुसार काम गरिरहेको छ ?
वित्तीय पहुँच वृद्धि गर्नलाई यस बैंकले गाऊँपालिका लगायतमा आफ्नो शाखा सञ्जाल व्यापक विस्तार गरिरहेको जानकारी गराउंदछौँ । साथै ग्रामीण भेगमा Financial Literacy सम्बन्धि सचेतनाका कार्यक्रमहरु समेत संचालन गर्ने गरेका छौँ । चाडैं नै हामी branchless banking सेट अप गर्दै छौँ र यसले समेत वित्तीय पहुँच बढाउने विश्वास व्यक्त गर्दछौँ  ।

अन्त्यमा कामना सेवा विकास बैंकको पछिल्लो समयको वित्तीय अवस्था कस्तो छ ?
विगत सात महिनाको वित्तीय विवरण सन्तोषजनक तथा सुधारोन्मुख रहेको छ । बैंकको निक्षेप करिब १८ अर्ब पुगेको तथा कर्जा १६ अर्ब हाराहारीमा रहेको छ । बैंकले यस आर्थिक बर्षको पहिलो ६ महिनामा Net Profit १३.८ करोड आर्जन गर्न सफल भएको तथा अघिल्लो त्रैमासको तुलनामा खराब कर्जा समेत घटाएको अवस्था छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]