July 8th, 2019

प्रोत्साहित मर्जरमा नआउनेलाई फोर्स मर्जर हुन्छ – लक्ष्मी प्रपन्न निरौला

लक्ष्मी प्रपन्न निरौला, प्रवक्ता, नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले अहिले बैंकको संख्या घटाउने भनेर मर्जरको लागि बैंकहरुलाई आग्रह गर्ने मर्जरमा प्रोत्साह गर्ने काम गरिरहेको छ । मौद्रिक नीति भन्दा अगाडि मर्जरको लिखित प्रतिवद्धता आओस् भन्ने अपेक्षा राष्ट्र बैंकको हो । बैंकहरुले मर्जरको प्रतिवद्धता राष्ट्र बैंकले मौद्रिक नीति सार्वजानिक गर्नु भन्दा अगावै गरेदेखि मर्जर सम्वन्धी नीति मौद्रिक नीतिमा राख्न सजिलो हुन्छ भनेर गभर्नर ज्युबाट पनि मौखिक निर्देशन भइसकेको र केही बैंकहरुले पाटर्नर खोजेर लिखित प्रतिवद्धता राष्ट्र बैंकमा बुझाइरहेका छन् ।

नेपाल सरकार र केन्द्रिय बैंकको नीति तथा योजनामा बैंकहरु स्वत: स्र्फुत नै मर्जरमा गए उनीहरुको लागि राम्रो हुन्छ । नियमनकारी निकायको नियमन भन्दापर रहेर बैंकिङ क्षेत्र चल्न त सक्दैन । त्यस कारण अहिले केन्द्रिय बैंकले आग्रह गरेको छ मर्जरमा जानको लागि । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले बजेट मार्फत नै करछुट जस्ता सुविधाहरु पनि दिने भनेर उल्लेख गरेको छ, साथै आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले अन्य सुविधाहरु पनि दिएर मर्जरमा प्रोत्साहन गर्नेछ ।

यसरी सरकारले, राष्ट्र बैंकले मर्जरमा प्रोत्साहन गर्दा बैंक वित्तीय संस्थाहरु आनाकानी गर्छन् भने केही समय पश्चात फोर्स मर्जरको नीति पनि सरकार र राष्ट्र बैंकले लिन सक्ने सम्भावना छ । राष्ट्र बैंकमा अहिले नै फोर्स मर्जरको चर्चा त चलेको छैन तर बैंकहरुको व्यवहारमा भरपर्ने कुरा हो । सोहि अनुसार सरकार र राष्ट्र बैंकको तर्फबाट पनि र्फोस मर्जरको कुरा भइरहेको छन् । अहिले मर्जमा जानु अपरिहा¥य छ ।

बैंक लगानीकर्ता नै चाहन्छन मर्जर

बैंकिङ क्षेत्रका लगानीकर्ताहरुलाई राम्रो प्रतिफल चाहिएको छ । उनीहरु पनि जसरी हुन्छ आफ्नो लगानीको राम्रो रिर्टन नै खोज्छन् । कतिपय बैंकका लागानीकर्ताहरुले अहिले ३/४ प्रतिशत मात्र नाफा लिएका छन् भने कति लगानीकर्ताहरुको लगानी घाटामा गएको छ । जहाँ जसरी भएपनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल चाहिएको छ । उनीहरुलाई घट्दो प्रतिफलको सामाना गर्नु वा प्रतिफल १० प्रतिशत मुद्रावृद्धि भन्दा २/३ प्रतिशत प्रतिफलमा प्रिमियम प्राप्त गर्नु भन्ने कुरा महत्वपुर्ण कुरा हुन । त्यसकारण जहिले पनि लगानीकर्ताहरु आफ्नो लगानीको क्यापिटल अनुसार रिटन खोज्छन् । त्यसैले कम्पनी घाटामा गएपनि लगानी अनुसारको रिटन माग्नुहुन् भन्ने कुरा सिद्धान्तबाट नि त्यति मेल खादैन । अङ्क गणितिय हिसावले इन्भेस्मेन्ट र रिटनलाई जोड घटाउ गर्ने गर्दा मिल्दैन ।

एक आर्थिक बर्ष सम्म त लगानीकर्ताले थोरै रिटन वा रिटन नै नलिएर बस्लान् तर सधै त त्यो गदैन । त्यसकारणले गर्दा बैंकिङ क्षेत्रमा मर्जर चाहिएको छ । केन्द्रिय बैंकलाई पनि बैंकिङ क्षेत्रको स्थायित्वको लागि मर्जर चाहिएको छ भने लगानीकर्ताहरुलाई आफ्नो लगानीको राम्रो प्रतिफलका लागि भएपनि मर्जर चाहिएको छ । लगानीकर्ताहरु पनि २/३ प्रतिशत रिटन पाउने अवस्थाबाट मुक्तभइ १२/१३ भन्दा बढी प्रतिफल पाउन चाहन्छन् । त्यसैले अब बैंक संचालकहरु आफै पनि आफ्नो संस्था मर्जर वा प्राप्ती गराउन चाहन्छन् ।

केन्द्रिय बैंक, नेपाल सरकारको स्वार्थ र लगानिकर्ताको स्वार्थ नजिकै छ । किनकि उनिहरु पनि ५ प्रतिशत लिएर बस्न नसक्ने कुरा लागेको छ, केन्द्रिय बैंक र नेपाल सरकारको स्वमर्थ बैंक तथा वित्तीय संस्थाको सुशासन सुढृडिकरण गर्नु पर्छ वित्तीय स्थायित्व कायम गर्न के के उपाय अवलम्बन गर्नु पर्छ भन्ने कुरामा हामी स्पष्ट छौ । त्यसले गर्दा यो फोर्स मर्जर भन्दा पनि स्वत मर्जरको वातावरण बनाउनु पर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]