March 15th, 2019

“नियामक निकायहरुको नकारात्मक टिप्पणीले लगानीकर्ता निराश बन्दा बजार प्रभावित” हरिश दाहाल

पछिल्लो केहीदिन यता शेयर बजारमा केही सकारात्मक प्रभाव परेको देखिएको छ । परिसूचक केही बढेको छ । घट्दो बजारमा करेक्सनको रुपमा लिने या बजारले रुप परिवर्तन गरेको रुपमा लिने भन्ने विषयमा अझै लगानीकर्ता विश्वस्त हुन सकेको देखिदैन् । यसै सन्दर्भमा शेयर लगानीकर्ता संघका सचिव हरिश दाहालसँग बैंकिङ खबरले गरेको कुराकानीः

शेयर बजार लामो सयय देखी घट्दो अवस्थामा थियो । तर पछिल्लो समय बजारले बाटो परिवर्तन गर्न खोजेको देखिन्छ । कुन कुराबाट बजार प्रभावित भएकाले लगानीकर्ताले शेयरको माग बढाएका हुन ?
पछिल्लो एक बर्ष शेयर बजार निरन्तर रुपमा घट्यो । हामी सबैले घटेको बजारका सामना गरिरहेका छौं । अहिले बजार बढ्नुमा सरकारका केही निणर्यले प्रभाव पारेको मैले महसुस गरेको छु । जस्तै एनआरएनको विदेशी लगानी भित्राउने कुरा छ जसले बजारलाई प्रभाव पारेको छ । यसको साथै ब्याजदरको पनि प्रभाव परेको हो । सरकारी बैंकहरुले ब्याजदर घटाइसकेका छन् भने निजी बैंकहरुले पनि घटाउने तयारी गरिरहेका छन् । सबैभन्दा ठुलो कुरा भनेको मानविय चेतना पनि हो । अहिले सम्पूर्ण लगानीकर्तामा शेयर बजारको क्षेत्रमा सुधार हुँदै छ अब बजार बढ्छ भन्ने मानसिकताले पनि बजार बढेको हो । बजार धेरै खस्किरहेको अवस्थामा त्यसलाई हेर्ने दुई वटा अवस्था बढ्दो अवस्था र घट्दो अवस्था हुन्छ । जसलाई हेरेर अहिले न्यूनतम विन्दुमा बजार आयो अब बढ्छ भन्ने सोचाई लगानीकर्तामा आएको छ । त्यसैले पनि बजार बढेको हो ।

त्यसो भए १ हजार १ सयको विन्दुलाई लगानीकर्ताले बजार बढ्ने विन्दुको रुपमा लिएका हुन् ? यो नै बलियो आधार विन्दु हो र ?
हामीलाई १ हजार १ सयको विन्दु भन्दा पनि १ हजार २ सयको विन्दु नै नछोड्नु पर्ने भन्ने लागेको थियो । विचमा विविध कारणाहरु जस्तै अनलाईन सिस्टम सुरु भयो तर यो अनलाइनमा पटक पटक समस्या आएपछि लगानीकर्तामा निराशपन आयो । त्यस्तै सम्वन्धीत निकायका ब्यक्तिहरुको अभिब्यक्ति लगायतले पनि बजारलाई दबाबमा राख्यो । शेयर परिसूचकमा केही तलमाथि हुने वित्तिकै समस्या सिर्जना हुन्छ । त्यसैले बजार यहाँ सम्म आउनुमा विभिन्न कारणहरु रहन पुगे ।

पछिल्लो समय शेयर लगानीकर्ताहरुले आन्दोलनको कुरा गरिरहनु भएको छ । यो सम्पूर्ण लगानीकर्ताको मनोभावना हो की केही लगानीक्र्ताले राजनीति गरिरखेका हुन ?
यसमा लगानीकर्ताको चार वटै संघ बसेर छलफल भएको कुरा हुनाले कुनै ग्रुप अथवा संघको मात्र भन्ने कुरा भएन । स्वस्थ प्रतिस्पर्धा भएर बजारमा मार्गदर्शन गर्ने हिसाबले मात्र हामी बढ्नुपर्छ । कसैको प्रयोगको शिकार भएर गर्नु हुँदैन । यसरी समग्र लगानीकर्ताको हितको लागि नियामक निकायलाई सजग गराउनु राम्रो कुरा हो । जहाँसम्म आन्दोलनको कुरा छ । केही लगानीकर्ताहरुले संघर्स गरिराख्नु भएको छ । जुन उहाँहरुको अधिकारको कुरा पनि यो । यसले सबै लगानीकर्तालाई फाइदा पुग्छ भन्ने लागेको छ ।

कम्पनीको नाफा, कार्यक्षेत्र, गुडविल लगायतका विषयले बजारलाई प्रभावित पार्नुपर्ने तर यहाँ लगानीकर्ताहरु अर्थमन्त्रीको राजिनामा मागेर राजनीति गरिराखेको देखिन्छ ?
नियमाक निकायले यस्तो गर्नुप¥यो भनेर निर्देशन दिन काम भइरहेको छ । माग र आूुर्तिको कारणले निर्देशित हुने बजारमा विभिन्न तरिकाले हस्तक्षेप भएको महसुस भएको छ । जसले गर्दा लगानी बढ्न सकेको छैन्। त्यस्तै पछिल्लो एक दुई बर्षदेखि सर्ट सेलहरु खेल्ने र बजारलाई प्रभावित पार्ने पनि देखिएको छ। जुन काम पुराना र ठुला लगानीकर्ताहरुले गरिराखेका छन् । नयाँ लगानीकर्ताहरु त्यसको मारमा परिरहेका छन् । राजनीतिको कुरा पनि गर्नुभयो म राजनीतिभन्दा टाढा रहेर लगानी गर्ने मान्छे । कसैले राजनीतिक हिसाबले प्ररित भएर काम गरिरहेको छ भने बजारको लागि राम्रो हुँदैन । जो नयाँ साथिहरु आएका छन् । बजारमा लगेका छन् मेरो उहाहरुलाई राजनीतिक बाट टाढा रहेर लगानी गर्न सुझाव दिन्छ ।

राजनीति गर्नकै लागि त होला सानो बजार भएको ठाउँमा पनि चार÷चार वटा लगानीकर्ताका संगठन बनाएर बजारलाई प्रभाव पार्ने गतिविधि गरिराखेका छन् । यसले नै पुष्टि गर्दैन र ?
लगानीकर्ताका संघसंस्था धेरै भयो भन्दा पनि यिनिहरुले गर्ने कामको प्रकृति एउटै छ । यसले बजारलाई राम्रो गर्छ । जहाँसम्म अनावश्यक हल्ला फैलाएको कुरा छ अहिले नयाँ खोलिएका संघ संगठन भन्दा हामी बजारमा पुरानो र बजारलाई तल र माथि जाँदा खेरी हाम्रो, भुमिका भनौ शेयर लगानीकर्ता संघले गरेको भूमिका तपाइहरुलाई पनि थाहा छ । हामीले कुनै विषय उठाउने र त्यसलाई अन्त्य नगरी विचमा नै छोड्ने गरेका छैनौं । अरुले यसमा के हिसाबले गरे भन्दा पनि तपाइको समग्र रुपमा बजार जसले गर्दा पनि राम्रो हुन्छ । तर धेरै प्रतिस्पर्धा भएर नै बजार माथि जाने हो ।

राष्ट्र बैंक धितोपत्र बोर्ड, अर्थ मन्त्रालयले पनि पूँजीबजारको विकास गर्नुपर्न भनेर नै लागेको देखिन्छ । तर पनि बजार अझै बढ्न सकेको छैन यसलाई कसरी लिनुहुन्छ ?
पहिले नै सरकारका निकायहरु अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से सबैबाट हुने गतिविधिका कारण बजारप्रति नकारात्मक टिप्पणी बाहिर आयो । त्यसैले बजारमा नियामकले नै नकारात्मक टिप्पणी गरेपछि पुनः त्यसलाई सच्याउन गाह्रो हुन्छ । त्यो कुरा अहिले अर्थमन्त्रीले महसुस गर्नुभएको छ । अर्थमन्त्री गभर्नर लगायतले अहिले बजार सुधारको लागि विभिन्न उपायहरु गरिरहनुभएको छ । बजारको अवस्था यस्तो हुँदा पनि केहि पनि काम नगरेको निकम्मा भएर बसेको नेपाल धितोपत्र बोर्ड र नेप्से हो । यो कुरा मैले किन भन्दै छु भने नेप्से १९ करोड खर्च गरेर जुन अनलाईन सिस्टम ल्यायो त्यसमा थप १० करोड खर्च गरेर २९ करोड खर्च भयो । ५ बर्षको वारेन्टी मर्मत सहित भनेर गर्यो । बजारमा गास काटेर दुई चार पैसा जम्मा गरेर लगानी गरेका लगानीकर्तालाई अनलाई आएपछि बजार बढ्छ भन्ने थियो । तर नेप्सेले निकै ठुलो धोका दियो । भारत, पाकिस्तान र समग्र विश्वको नै ट्रेन्ड हेर्दा पनि अनलाईन सिस्टम ल्याएपछि सय दुई सय मात्र नभई हजारौं अंक माथि परिसूचक गएको थियो । त्यही सोचेर लगानीकर्ताले शेयर होल्ड गरे तर लगानीकर्ताको लागत बढने तर मूल्य घटने हुँदा समस्या आयो ।

अहिले केही लगानीकर्ताले अर्थमन्त्रीको राजिनामा माग गर्नु भएको छ ? के राजिनामा आउँदैमा बजार बढ्छ भन्ने हुन्छ ?
नेपाल पूँजीबजार लगानीकर्ता संघ र मैले ब्यक्तिगत हिसाबले राजिनामा मागेको छैन । त्यो राजनीतिक कुराहरु हो । तर अर्थमन्त्रालय धितोपत्र बजारको नियमन गर्ने मुख्य निकाय भएकोले यसलाई गहन रुपमा लिनु पर्छ । मन्त्रालयले यसलाई गहन रुपमा लिएर पूँजी निमार्ण तथा अर्थतन्त्रको खम्बाको रुपमा अगाडी बढाउनु पर्छ । लगानीकर्ता मन्त्रालय धितोपत्र बोर्ड सबै मिलेर अगाडी बढ्दा बजारको विकास हुन्छ । तर यस्तो कुरा बुझ्दै नबुझने अर्थमन्त्रीको के काम भन्ने लगानीकर्तालाई लागेको हो ।

लगानीकर्ताहरुले पू्ँजीगत लाभकरको कुरा गरिरहेका छन् । प्यान लागु गर्ने विषयमा पनि असन्तुष्टि जनाए । किन बजरका सुधारका काम गर्न खोज्दा पनि विरोध गर्ने र फेरी केही गरेन भन्ने । दोहोरो प्रवृति भएन ?
पूँजीगत लाभकर नतिर्ने भन्ने कुरा हैन सरकारले पहिलेको भन्दा बढाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको छ । यही नै अन्तिम हो भन्ने विश्वास सरकारले दिन सकेको छैन् । अर्को प्यानको कुरा छ यसलाई लागु गर्नु पर्छ । तर यसको लागि तयारी पुगेको छैन । प्यान लागु गर्नु भन्दा अगाडी परिक्षण गरेर लागु गर्नलाई पछि समय आउँदैन । त्यसैले चरणवद्ध रुपमा लागु गरौं भनेको हो हामिले ।

त्यसो भए बजार विकास गर्न सरकारले के गर्नुपर्न र लगानीकर्ताले के चाहन्छन ?
राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयको टुङ्गो लगाइदिनु प-यो । बैंकले ब्रोकरको काम गर्नेहो भने हामी लगानीकर्तालाई सजिलो हुन्छ । अहिले भइराखेका ब्रोकरहरुले पनि शाखा विस्तार गरी काम गर्नु पाउनु प¥यो । मार्जिन ल्यान्डीङको कुराहरुमा पनि सहजता लयाउनु प-यो । हल्ला बढी गर्ने तर लागु नगर्ने प्रवृति धितोपत्र वोर्डले देखाउन भएन् । त्यस्तो प्रवृतिलाई रोकेर एक एक गरेर लागु गर्दै जानु पर्छ । पहिले अनलाइनलाइ ब्यवस्थित गर्न जरुरी छ । त्यपछि मात्र बा्रेकरलाई शाखा विस्तार गर्न दिने, बैंकलाई ब्रोकर लाइसेनस दिने, प्यान लागु गर्ने लगायतका काम चरणवद्ध रुपमा गर्नु पर्छ । अनि यसले लगानीकर्ताको विश्वास जित्छ र बजारमा शेयरको माग बढन जान्छ । अनि धेरैसंख्यामा रहेका बैंकलाई मर्ज गरेर बलियो आधार तयार पार्नुपर्छ । अनिमात्र शेयर बजारको विकास हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]