August 17th, 2019

त्रिलोक लघुवित्तको वार्षिक समिक्षा गोष्ठी तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । सुनवल–४, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५।७६ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाले आ.व.२०७५।७६ मा सञ्चालनमा रहेका शाखा कार्यालहरुको लक्ष्य तथा प्रगती समिक्षा सम्पन्न गरको हो ।

संस्थाले शाखा प्रबन्धकहरुलाई शाखा ब्यवस्थापन तालिम पनि प्रदान गरेको छ । संस्थाको केन्द्रीय कार्यालय सुनलवमा आयोजित २ दिने कार्यक्रममा संस्थाका सञ्चालक तथा कानुन ब्यवसायी शरद अधिकारीले कानुनी व्यवस्था तथा कानुनी जटिलताका बारेमा, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपानेले शाखा प्रबन्धकमा हुनुपर्ने गुणहरुका बारेमा तथा संस्थाका प्रबन्धक केशरीराज निरौलाले शाखा ब्यवस्थापनका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा आ.व.२०७५/७६ मा सञ्चालनमा आएका उत्कृष्ट ५ वटा शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपानेद्धारा पुरस्कृत गरिएको यिो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]