July 20th, 2019

झनुझन् बढ्दै व्यापार घाटा : १३ खर्बको आयात हुँदा निर्यात ८७ अर्बमा सीमित

बैंकिङ खबर । मुलुकको चालू खाता खाता घाटा, शोधानान्तर स्थिती र व्यपार घाटा अयिन्त्रित ढंगले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाका आर्थिक एवम् वित्तीय स्तिीका अनुसार, जेठ मसान्तसम्ममा चालु खाता घाटा ३८ अर्बभन्दा बढीले विस्तार भई दुई खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ । देशभित्र आउने र बाहिरिने रकमबीचको फरक शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोडले मात्रै घाटामा रहेको थियो ।

व्यापार घाटा १२ खर्बमाथि
देशको व्यापारघाटा १२ खर्ब नाघेको छ । निर्यातमा १८.७ प्रतिशत र आयात १७.३ प्रतिशतले बढ्दा व्यापारघाटा १७.२ प्रतिशतको वृद्धिसँगै १२ अर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । ११ महिनामा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँको वस्तु आयात हुँदा ८७ अर्ब ८३ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । यस आधारमा हेर्दा, निर्यात आयात अनुपात ६.८ प्रतिशत रहेको छ ।

गन्तव्यका आधारमा हेर्दा, भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ भने वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]