August 14th, 2019

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच सम्झौता

बैंकिङ खबर । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा साम्सरा रेमिटलाई रेमिट सेवाको लागि प्रमुख प्रतिनिधि नियुक्त गरेको छ । बुधबार ज्योति विकास बैंक र साम्सरा रेमिटबीच उक्त सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा रेमिटका कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको सेवा ग्राहकहरुले साम्सरा रेमिटको मुलुकभर भएका कुनै पनि उपप्रतिनिधिमार्फत प्राप्त गर्नेछन् । हाल साम्सरा रेमिटको मुलुकभर ६००० भन्दा बढी उपप्रतिनिधिहरु रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]