August 14th, 2019

जोखिम व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

बैंकिङ खबर । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआईएन)ले आफ्नो प्रथम वार्षिककोत्सवको अवसरमा बिएफआईएनले अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी २०१९ सम्पन्न गरेको छ । यसै अवसरमा बिएफआईएन र भारतका प्रतिष्ठित संस्थाहरु बिरला इन्स्टिच्युट अफ मेनेजमेन्ट टेक्नोलोजी (बिमटेक) तथा केयर एडभाइजरी रिसर्च एण्ड ट्रेनिङ लिमिटेड(कार्ट) बीच आगामी दिनहरुमा मानव संसाधन विकास तथा क्षमता अभिवृद्घि सम्वन्धि संयुक्त कार्यक्रम गर्ने सम्वन्धि आपसी समझदारी (MOU) सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले वर्तमान परिप्रेक्ष्यमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन अत्यन्त सान्दर्भिक र चुनौतिपूर्ण भएको बताए । उनले जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले आवश्यक नीति नियम र निर्देशनहरु जारी गरेको र तीनलाई पालना गरेर तथा संस्थागत सुशासन कायम गरेर नै जोखिम व्यवस्थापन गर्न सकिने बताए ।

बिमटेकका प्राध्यापक चंचल कुशवाहा, कार्टका सीईओ संजीत कुमार तथा एक्जिम बैंकका डिजिएम दीपक भाटियाले बिएफआईएनलाई प्रथम वार्षिकोत्सवका अवसरमा शुभकामना दि‘दै आगामी दिनमा बिएफआईएनसँग मिलेर अन्य कार्यक्रमहरु गर्ने प्रतिवद्घता व्यक्त गरे ।

बैंक तथा वित्तीय संस्थाहरुका करीव २५० जना प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा जोखिम, वित्तीय क्षेत्रको आधुनिकिकरण र जोखिम व्यवस्थापन सम्वन्धि निम्नलिखित ३ शिर्षकहरुमा छलफल तथा टिप्पणी गरीयो ।

१) Regulatory and Supervisory Perspectives of Risk Management
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठको अध्यक्षता रहेको यस सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्रले कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि लिएको नीतिगत व्यवस्था र केन्द्रीय बैंकले खेल्ने अभिभावकीय भूमिकाका विषयमा प्रकाश पारे । बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सीए सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्दै नेपालको वित्तीय क्षेत्रमा देखिएका जोखिमहरुको उचित व्यवस्थापन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले आप्mना संस्थापकहरु, संचालकहरु र कर्मचारीहरु सवैले प्रण गर्नुपर्ने तथा डिएनएमा नै यसलाई नीतिगत रुपमा आत्मसात गर्नुपर्ने कुरामा जोड दिए ।

२)Risks and Remedial Strategies for Large and Retail Investment Projects

नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको अध्यक्षता रहेको यस सत्रमा भारतको सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस. श्रीधरले कार्यपत्र प्रस्तुत गर्दै नेपालले वर्तमान परिप्रेक्ष्यमा ठूला ठूला पूर्वाधार तथा जलविद्युत परियोजनाहरुमा लगानी गरिरहेको तथा देश आर्थिक समृद्घिको दिशा तर्पm पाइला चालिरहेको सन्दर्भमा अपनाउनुपर्ने जोखिम व्यवस्थापनका सन्दर्भमा प्रकाश पारे । जनता बैंक नेपाल लि.का प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले ठूला तथा साना परियोजनाहरुमा लगानी गर्दा उत्पन्न हुने विभिन्न किसिमका जोखिमहरु तथा जोखिम न्यूनिकरणका रणनीतिहरुबारे चर्चा गर्दै व्यवस्थापनका उपायहरुबारे प्रकाश पारे ।

३) Digital Transformation and Risks in the Financial & Insurance Sector
कार्यक्रमको यो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै भारतको बिमटेकका प्राध्यापक मनोज कुमार पाण्डेले वीमा क्षेत्रमा प्रविधिको विकास, यसबाट उत्पन्न जोखिम र त्यसको न्यूनीकरणका रणनीतिक उपायहरुबारे प्रकाश पारे । यसै गरी भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्दै बैंक तथा वित्तीय क्षेत्रमा प्रविधिको उपयोग, यसको विकास र यसबाट उत्पन्न जोखिमहरुबारे चर्चा गर्दै त्यसको न्यूनीकरणका रणनीतिक उपायहरुवारे प्रकाश पारे । यस सत्रमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्वन्धित जोखिमहरुबारे नेपाल इन्भेष्टमेण्ट बैंकका नायव महाप्रवन्धक विजेन्द्र सुवाल र मेगा बैंक नेपालका नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा वीमा क्षेत्रसंग सम्वन्धित जोखिमहरुवारे नेपाल लाईफ इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले आ–आफ्नो धारणा राखे ।

कार्यक्रममा केयर रेटिङ्गस् नेपाल लि.का प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जोखिम र रेटिङ्ग का बीचको अन्तरसम्बन्धबारे जानकारी गराए । कार्यक्रमलाई प्रमुख सुत्रधारका रुपमा बिएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्दै बिएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले भने, “प्रविधिको विकासले वित्तीय क्षेत्रमा धेरै अवसर प्रदान गरेको भएतापनि यसले जोखिमहरु पनि उत्तिकै उत्पन्न गर्दछ । प्रविधिको क्षेत्रमा Data Fraud & Theft, Cyber Attacks, Critical Information Infrastructure Breakdown जस्ता जोखिमहरु तथा मानव संसाधनको क्षेत्रमा Anger, Negative Attitude, Unsocial Behavior, Work-Life Imbalance, Technology Addiction जस्ता धेरै जोखिमहरु देखा पर्न सक्ने भएकाले यस्ता समस्याहरुको विषयमा छलफल गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको हो ।”

यस कार्यक्रमका मुख्य प्रायोजक एनआईसी एशिया बैंक लिमिटेड र रेनल्ट गाडिका वितरक एडभान्स अटोमोबाइल्स प्राली रहेका थिए भने बिरला इन्स्टिच्युट अफ मेनेजमेन्ट टेक्नोलोजी, जनता बैंक नेपाल लि., कुमारी बैंक लि., एभरेष्ट बियर, केयर रेटिङ्स नेपाल लिमिटेड, एनसीसी बैंक, नेपाल एसबिआई बैंक लि., ग्लोबल आईएमई बैंक लि., माछापुच्छ्रे बैंक लि., राष्ट्रिय बाणिज्य बैंक लि., कर्मचारी संचय कोष, सूर्या लाईफ इन्स्योरेन्स कं. लि., एलआईसी नेपाल र होटल बडीले सह—प्रायोजकका रुपमा सहभागिता जनाएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]