August 15th, 2019

गुहेश्वरी फाइनान्सको नाफा नौ करोड ६९ लाख रुपैयाँ

बैंकिङ खबर । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्षमा नौ करोड ६९ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा आठ करोड १० लाख पाँच हजार रुपैयाँ नाफा कमाएको फाइनान्सले गत वर्ष १९.६४ प्रतिशत बढी कमाएको हो ।

८० करोड रुपैयाँ सेयरपुँजी भएको फाइनान्सको जगेडाकोषमा २० करोड ५१ लाख दुई हजार रुपैयाँ रहेको छ । गत वर्ष फाइनान्सले तीन अर्ब ६१ करोड ९९ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १५ करोड ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फाइनान्सको निष्कय कर्जा ०.३१ प्रतिशतबाट बढेर ०.३६ प्रतिशत पुगेको छ भने सीडी रेसियो ६८.५८ प्रतिशत, बेसरेट १२.१९ प्रतिशत, स्प्रेड रेट ४.९८ प्रतिशत, प्रतिसेयर आम्दानी ९.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.६४ रुपैयाँ र तरलता अनुपात २४.३१ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]