August 24th, 2019

गण्डकी विकास बैंकको थप ४ शाखा संचालनमा

बैंकिङ खबर । गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं , मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी र बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेका छन् । यस संगै बैंकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नेपालको पूर्व देखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले जानकारी दिनु भयो ।
यस संगै बैकका ९६ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै ABBS, ATM, ECC/IPS,C-ASBA, MOBILE बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गर्नेछ ।

निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको यस बैंकले आ.व. २०७५/७६ मा संचालन मुनाफा रु. ९५ करोड ३५ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २९ अर्ब ९२ करोड र कर्जा तर्फ रु.२५ अर्ब ८८ करोड पु¥याएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]