August 26th, 2019

ऋणले डुबे बरिष्ठ उद्योगी चण्डीराज ढकाल, जेल जान सक्ने अवस्थामा

बैंकिङ खबर । वरिष्ठ उद्योगी चण्डीराज ढकाल बैंकिङ कसुरको मुद्दामा जेल जान सक्ने अवस्थामा पुगेका छन् । वर्षौँअघि लिएको ऋणको सावाँ व्याज नतिरेपछि राष्ट्रिय वाणिज्य बैंकले उनलाई बैंकिङ कसुरको मुद्दा लगाउने भएको हो । केही दिनभित्रै पैसा नतिरे बैंकले कानुनी प्रक्रिया अपनाउनेछ ।

ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट १५ वर्षअघि ३१ करोड रुपैयाँ ऋण लिएका थिए । अहिलेसम्म उनले व्याजसम्म तिरेका छैनन् । सावाँ व्याज गरी तत्कालै उनले डेढ अर्ब रुपैयाँ तिर्नुपर्नेछ । ऋण नतिरेर कालोसूचिमा परेका व्यवसायी ढकालले केही महिनाअघि बैंकलाई १० करोड रुपैयाँ ऋण तिरेर पुनसंरचना गरी उद्योग चलाउने भन्दै प्रतिवद्धतासहित प्रस्ताव पेश गरेका थिए । त्यसपछि बैंकले उनलाई केही समय दिएको थियो । यद्यपि, उनी केही समयदेखि बैंकको सम्पर्कमा नै छैनन् ।

बैंकले ऋण तिर्नका लागि चण्डीलाई पटक–पटक ताकेता गरे पनि अहिलेसम्म उनी मन्त्री, प्रधानमन्त्री, शक्तिशाली नेता, गभर्नर, सचिव, प्रहरी प्रशासन लगायतलाई भनसुन गर्न लगाएर पन्छिँदै आएका थिए । अहिले अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीले ढकालको ऋणप्रति चासो देखाउँदै वाणिज्य बैंकलाई असूल गर्न निर्देशन दिइसकेका छन् । उनले धितोमा राखेको उद्योगका मेसिनहरु कवाडीमा जाने भइसकेका छन् ।

ढकालको गार्मेन्ट कम्पनी ‘मोमेन्टो एपेरिएल्स प्रालि. सन् २०१२ मा बन्द भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]