July 22nd, 2019

आईएमएफ प्रतिनिधिमा व्रेउर नियुक्त, गभर्नरसँग भेटेर वित्तीय अवस्था बुझे

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का वरिष्ठ आवाशीय प्रतिनिधि एन्ड्रिएस बौर कार्यकाल सकेर फिर्ता भएका छन् । उनको ठाउँमा नेपाल, भारत र भुटान हेर्ने गरी लुइस इ व्रेउर नियुक्त भएका छन् । नवनियुक्त आवासीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालसँग शिष्टाचार भेट समेत गरेका छन् । भेटमा बौर पनि सहभागी थिए ।

भेटमा गभर्नर डा. नेपालले संक्षिप्त रूपमा देशको वर्तमान आर्थिक स्थितिको बारेमा जानकारी गराएका थिए । विशेषगरी बैदेशिक व्यापार, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह तथा नेपालले विगत तीन वर्षमा हासिल गरेको आर्थिक वृद्धिका बारेमा उनले जानकारी गराएका थिए । त्यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरूको सुदृढीकरणका बारेमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाहरूको बारेमा पनि चर्चा गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]