July 24th, 2019

अर्थमन्त्रीका ज्वाईँ राष्ट्र बैंकको अनुसन्धान विभागमा

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरीज्वाईँ डा. रामशरण खरेलले अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् । उनले मंगलबारदेखि कार्यभार सम्हालेका हुन् ।

साढे १६ महिना अर्थमन्त्री डा. खतिवडाको निजी सचिवालयमा काजमा खटिएका खरेल यही साउन १ गतेदेखि काज फिर्ता भएर राष्ट्र बैंकमा हाजिर भएका थिए । राष्ट्र बैंकको बिराटनगर कार्यालयमा उप निर्देशककोरुपमा कार्यरत खरेल २०७४ फागुन १५ गतेदेखि अर्थ मन्त्री खतिवडाको निजी सचिवालयमा काजमा कार्यरत थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]