July 30th, 2019

७ सय ३२ स्थानिय तहमा वाणिज्य बैंक पुगे, पुग्न नसकेका २१ स्थानिय तहहरु

दिलु कार्की, बैंकिङ खबर । २१ स्थानिय तहमा वाणिज्य बैंकहरुको शाखा पहुँच पुग्न बाँकी रहेको छ । ७ सय ५३ स्थानिय तह मध्ये हाल सम्म ७ सय ३२ स्थानिय तहहरुमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरिसकेका हुन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ७ वटै प्रदेश मध्ये सबै भन्दा बढी प्रदेश नम्बर १. मा १ सय ३१ र सबैं भन्दा थोरै सुदूरपश्चिम प्रदेश ७ मा ८२ स्थानिय तहमा शाखा पहुँच विस्तार गरेका छन् । यस्तै प्रदेश ५ का सबै स्थानिय तहमा वाणिज्य बैंकको शाखा पहँच पुगेको छ भने कर्णली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा ६, प्रदेश २, ३ र ४ मा २ स्थानिय तहमा र प्रदेश १ को १ स्थानिय तहमा वाणिज्य बैकको शाखा पहुँच विस्तार भएका छैन् ।

प्रदेशमा अनुसार वाणिज्य बैंकको शाखा नपुगेको स्थानिय तह

प्रदेश १. १ सय ३७ स्थानियतह रहेको प्रदेश नम्बर १ मा वाणिज्य बैंकहरुको शाखा १ स्यानिय तहमा विस्तार हुन बाकीं रकेको छ । जसमा ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाँउपालिकमा वाणिज्य बैंकको शाखा पहुँच नपुगेको हो ।

प्रदेश २. १ सय ३६ स्थानियतह रहेको प्रदेश नम्बर २ मा वाणिज्य बैंकहरुको शाखा २ स्यानियतहमा विस्तार हुन बाकीं रकेको छ । प्रदेश २ को पर्सा जिल्लाको जीराभवानी गाँउपालीका र धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा वाणिज्य बैंकको शाखा पुगेको छैन ।

प्रदेश ३. नेपालको राजधानी काठमाडौं समेत रहेको प्रदेश ३ का १ सय १९ स्थानिय तह मध्ये २ स्थानिय तह वाणिज्य बैंकको शाखा बिहिन छ । प्रदेश ३ को धादिंङ जिल्ला रुवी भ्याली गाँउपालिका र नेत्रावती गाँउपालिकामा वाणिज्य बैंकको शाखा विस्तार भएको हो ।

प्रदेश ४. गण्डकी प्रदेशमा २ स्थानिय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाकीं रहेको छ । ८५ वटा स्थानिय तह रहेको प्रदेश ४ मा मनाङ्गको नर्फु गाँउपालिका र गोर्खाको धार्चे गाँउपालिकामा वाणिज्य बैंकको शाखा विस्तार हुन बाकीं रहेको हो ।

प्रदेश ५. नवलपरासीको सुस्तादेखि रुकुमको सिस्ने हिमालसम्म भौगोलिक क्षेत्र ओगटेको प्रदेश नम्बर ५ का १ सय ९ स्थानिय तहहरुमा नै वाणिज्य बैंकका शाखा पहुँच पुगेको छन् ।

प्रदेश ६. कर्णाली प्रदेशको ८ स्थानिय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाकीं रहेको छ । जसमा प्रदेश ६ मा डोल्पा जिल्लाको छार्का ताङसोङ गाँउपालिका, कोईके गाउँपालिका, बुद्ध गाउँपालिका, शे–फोक्सुन्डो गाउँपालिकामा वाणिज्य बैंकको शाखा पहँच विस्तार भएको छैन । यस्तै कालिकोट जिल्लाको महावै गाँउपालिका र जाजरकोटको कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा वाणिज्य बैंकको शाखा पहुँच पुगेका छैन ।

प्रदेश ७. कुल ८८ वटा स्थानिय तह रहेको सुदूरपश्चिम प्रदेशका बाजुरा र बझाङ जिल्लाका ६ स्थानिय तहहरुमा वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । जसमा बाजुराको पाण्डव गुफा गाउँपालिका, स्वामीकात्र्तिक गाउँपालिका, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, र बझाङको काँडा गाउँपालिका, थलारा गाउँपालिकामा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छैनन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]