August 1st, 2019

सहायक कम्पनीमार्फत ब्रोकरको काम गर्न वाणिज्य बैंकलाई बाटो खुल्यो

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारीस कार्यविधि २०७६ लागु गरेको छ । यससँगै वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्ने बाटो खुलेको छ । नेपालको पूँजीबजारको विस्तार तथा लगानीकर्ताको पहुँचमा अभिवृद्धि गर्न उक्त कार्यविधि लागु गरेको नेप्सेले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]