August 11th, 2019

विभिन्न प्रदेशमा ग्रामीण विकास लघुवित्तको स्वास्थ्य शिविर, हजारौँ स्थानीय लाभान्वित

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । प्रदेश नं.५, रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुर, प्रदेश नं.२, महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका र सूदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीगंगा नगरपालिका, मसुरीयामा आइतबार एकै समयमा सम्पन्न शिविरहरुबाट १०३० भन्दा बढी स्थानीयहरु लाभान्वित भएका छन् ।

रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुरमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, पाठेघरको क्यान्सर, हाडजोर्नी, सामान्य चिकित्सा र बाल रोग विशेषेज्ञहरूद्धारा मंगलपुर, सूर्यपुरा, सग्रहवा, गिदैया, पौवा, मिनमिनवा, अमौली, धमौली, भैसहिया आसपास क्षेत्रका करिव ५३५ जना व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण तथा ल्याव परिक्षण गरिएको थियो । यसैगरी क्षेत्रीय कार्यालय जनकपुर अनतर्गत महोत्तरी जिल्लाकोे मनरासिसवामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, फिजिसियन,सर्जरी र बालरोगका विशेषज्ञहरुबाट करिव २६० जना व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण गरिएको थियो भने क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा करिव २३५ जना व्यक्तिहरूलाई नाक, कान र घा“टी रोगको स्वास्थ्य परिक्षण गरिएको थियो । यस क्रममा विमारीहरूलाई स्वास्थ्य परीक्षणसँगै केही औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुरमा संचालन भएको स्वास्थ्य शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवाको प्राविधिक सहयोग रहेको थियो भने क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गत संचालन भएको कार्यक्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पताल, जनकपुरधाम र क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको कार्यक्रममा माया मोट्रो हस्पिटलको प्राविधिक सहयोग रहेको थियो ।

यसैगरी संस्थाले प्रदेश नं.१, मोरङ्ग जिल्लाको बनिगामामा यहि साउन २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]