August 9th, 2019

माइक्रोफाइनान्सको नाफामा अत्याधिक वृद्धि, कुनले कति कमायो ?

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरुले धमाधम गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । तीन दर्जनभन्दा बढी लघुवित्तले विवरण सार्वजनिक गरिसकेका छन् । शुक्रबारसम्ममा आरम्भ, फस्र्ट ग्लोबल आईएमई, कालिका, किसान, लक्ष्मी, महुली, मेरो, मिर्मिरे, आशा, नागबेली, नेशनल, नयाँ नेपाल, नेरुडे, एनएमबि आरएमडीसी, समता, आरएसडीसी, समिट, सपोर्ट, सूर्योदय, स्वाबलम्बन, स्वदेशी, स्वरोजगार, विजय, वोमी, मिथिला, फरवार्ड कम्युनिटी, स्पर्श, चौतारी, जनसेवी, एन्फिनिटी, त्रिलोक, नेपाल एग्रो, गणपति, गुराँस, सिभिल, उन्नति, सामुदायिक, महिला सहयात्रा र निर्धन उत्थान लघुवित्तले विवरण सार्वजनिक गरेका छन् ।

हालसम्म विवरण सार्वजनिक गरेका लघुवित्त वित्तीय संस्थाहरुमध्ये, निर्धन उत्थान लघुवित्तको मुनाफा सबैभन्दा धेरै रहेको छ । धेरै नाफा कमाएका टप १० लघुवित्तहरुको नाफा विवरण यस्तो छः
१. निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाः निर्धन उत्थानले ७३ करोड ९५ लाख नौ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ५५ करोड ९२ लाख नाफा गरेको लघुवित्तले गत वर्ष ३२.२३ प्रतिशत बढोत्तरी गरेको हो ।

२. स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाः स्वाबलम्बनले २३.१७ प्रतिशत वृद्धि गर्दै ४२ करोड २५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष लघुवित्तको नाफा ३४ करोड ३० लाख थियो ।

३. आरएमडीसी लघुवित्त वित्तीय संस्थाः आरएमडीसीको नाफा २९.०७ प्रतिशतले बढेर ३३ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष लघुवित्तको नाफा २५ करोड ७५ लाख थियो ।

४. फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाः फारवार्डले ३१ करोड चार लाख १२ हजार रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो वर्षको २६ करोड ९७ लाखको तुलनामा १५.०६ प्रतिशत बढी हो ।

५. मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाः मेरो माइक्रोफाइनान्सले १६ करोड ७६ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष नौ करोड ४७ लाख कमाएको माइक्रोफाइनान्सको नाफा ७६.९६ प्रतिशत बढेको हो ।

६. फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थाः फस्र्ट माइक्रोफाइनान्सले ३१.३० प्रतिशत बढोत्तरीसहित १३ करोड ३२ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष माइक्रोफाइनान्सको नाफा १० करोड १४ लाख थियो ।

७. नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाः अघिल्लो वर्ष आठ करोड ५७ लाख नाफा गरेको नेशनलले ५३.२७ प्रतिशत बढोत्तरीसहित गत वर्ष १३ करोड १४ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

८. नेरुडे लघुवित्त वित्तीय संस्थाः नेरुडे लघुवित्तले १२ करोड ६८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पाँच करोड ६४ लाखको तुलनामा गत वर्ष लघुवित्तको नाफा १२४.८५ प्रतिशतले बढेको हो ।

९. लक्ष्मी लघुवित्त वित्तीय संस्थाः लक्ष्मी लघुवित्तले २६.७८ प्रतिशत प्रगति हासिल गर्दै ११ करोड नौ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तको नाफा आठ करोड ७५ लाख थियो ।

१०. स्वरोजगार लघुवित्त वित्तीय संस्थाः स्वरोजगार लघुवित्तले १२०.६९ प्रतिशत बढोत्तरीसहित आठ करोड सात लाख ४४ हजार रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा स्वरोजगारको नाफा तीन करोड ६५ लाख मात्रै थियो ।

अन्य लघुवित्तको नाफा
स्वदेशी लघुवित्त वित्तीय संस्थाः सात करोड ४३ लाख ७५ हजार रुपैयाँ
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाः छ करोड ८० लाख ६७ हजार रुपैयाँ
आरएसडीसी लघुवित्त वित्तीय संस्थाः छ करोड ४१ लाख ६७ हजार रुपैयाँ
वोमी माइक्रोफाइनान्स वित्तीय संसथाः छ करोड २७ लाख ५७ हजार रुपैयाँ
विजय लघुवित्त वित्तीय संस्थाः छ करोड २३ लाख १० हजार रुपैयाँ
मिर्मिरे लघुवित्त वित्तीय संस्थाः छ करोड १४ लाख ८४ हजार रुपैयाँ
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाः छ करोड नौ लाख ८२ हजार रुपैयाँ
समिट माइक्रोफाइनान्स वित्तीय संस्थाः पाँच करोड ९७ लाख सात हजार रुपैयाँ

महुली सामुदायिक लघुवित्तः चार करोड २९ लाख ४४ हजार रुपैयाँ
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाः चार करोड १८ लाख ७२ हजार रुपैयाँ
आशा लघुवित्त वित्तीय संस्थाः तीन करोड ९१ लाख ८९ हजार रुपैयाँ
इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाः तीन करोड ७५ लाख ११ हजार रुपैयाँ
सूर्योदय लघुवित्त वित्तीय संस्थाः तीन करोड ६१ लाख ६१ हजार रुपैयाँ
नागबेली लघुवित्त वित्तीय संस्थाः तीन करोड ५५ लाख २८ हजार रुपैयाँ
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाः तीन करोड चार लाख ८१ हजार रुपैयाँ
चौतारी लघुवित्त वित्तीय संस्थाः दुई करोड ८२ लाख २४ हजार रुपैयाँ
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाः दुई करोड ७४ लाख ४३ हजार रुपैयाँ
समता माइक्रोफाइनान्स वित्तीय संस्थाः दुई करोड ५७ लाख ९७ हजार रुपैयाँ
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडः दुई करोड ४४ लाख ४० हजार रुपैयाँ
किसान माइक्रोफाइनान्स वित्तीय संस्थाः दुई करोड २१ लाख छ हजार रुपैयाँ
कालिका लघुवित्त वित्तीय संस्थाः दुई करोड सात लाख ५२ हजार रुपैयाँ

मिथिला लघुवित्त वित्तीय संस्थाः एक करोड ९१ लाख ८२ हजार रुपैयाँ
नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाः एक करोड ५७ लाख ८४ हजार रुपैयाँ
स्पर्श लघुवित्त वित्तीय संस्थाः एक करोड ५६ लाख १३ हजार रुपैयाँ
गुराँस लघुवित्त वित्तीय संस्थाः एक करोड ४८ लाख ५६ हजार रुपैयाँ
जनसेवी लघुवित्त वित्तीय संस्थाः एक करोड ४६ लाख १० हजार रुपैयाँ
नयाँ नेपाल लघुवित्तः एक करोड ३३ लाख ५६ हजार रुपैयाँ
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाः एक करोड १८ लाख ९८ हजार रुपैयाँ
त्रिलोक लघुवित्त वित्तीय संस्थाः एक करोड चार लाख ६६ हजार रुपैयाँ
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाः ५४ लाख ४९ हजार रुपैयाँ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]