August 17th, 2019

मर्जरमा कुन कुन लघुवित्त ? कोसँग कसको मर्जर ?

बैंकिङ खबर । विभिन्न सहुलियत दिएर राष्ट्र बैंकले प्रोत्साहन गरेपछि लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जर प्रक्रिया अघि बढाउन थालेका छन् । जेठ मसान्तसम्मको तथ्यांकअनुसार ९१ वटा रहेका लघुवित्त वित्तीय संस्थाको संख्या उल्लेख्य मात्रामा घट्ने देखिएको छ । मौद्रिक नीति आउनुअघि नै एक कार्यक्रममा गभर्नर डा. चिरंजीबि नेपालले लघुवित्तहरुलाई पार्टनर खोजेर मर्जर प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । सोही अनुसार, लघुवित्तहरुले पनि मर्जरको प्रक्रिया अघि बढाएका छन् ।

हालसम्म २० वटा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसन प्रक्रियालाई तीव्र गतिमा अघि बढाइसकेका छन् । साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तको एम्वजिसन साधारणसभाबाट पारित पनि भइसकेको छ । साधना लघुवित्तले आर्थिक समृद्धिलाई १००ः८० को अनुपातमा प्राप्ति गरेको हो ।

विजय लघुवित्त र स्वेडा लघुवित्तबीच एक्विजिसन सम्झौता भएको छ । सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त पनि मर्जरमा जाँदैछन् । एनआरएन लघुवित्त, क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्त पनि गाभिएर एक बन्ने भएका छन् । त्यस्तै, आरम्भ लघुवित्त र चौतारी लघुवित्त, सारथी लघुवित्त र सत्यवती लघुवित्त, कालिका लघुवित्त र जनसेवी लघुवित्त, वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त तथा मिर्मिरे लघुवित्त, किसान माइक्रोफाइनान्स र नागबेली लघुवित्त बीच मर्जर सम्झौता भई प्रक्रिया अघि बढिसकेको अवस्था छ । यस आधारमा २० वटा लघुवित्त मर्जर तथा एक्वजिसन प्रक्रियाबाट नौ वटा झर्दैछन् ।

मर्जरमा जाने लघुवित्तलाई पाँच सुविधा

यसबाहेक, अन्य केही वित्तीय संस्थाहरु पनि मर्जरका लागि उपयुक्त पार्टनरको खोजीमा लागेका छन् । घरेलु लघुवित्तले मर्जर तथा एक्विजिसनसम्बन्धी गृहकार्यका लागि दुई सदस्यीय समिति गठन गरेको छ । समितिलाई मर्जर तथा एक्विजिसनका लागि उपयुक्त एक वा सोभन्दा बढी संस्थाबारे अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै, आशा लघुवित्तले पनि तीन सदस्यीय कमिटि गठन गरी उपयुक्त मर्जर तथा एक्वजिसन पार्टनर खोजेर प्रक्रिया अघि बढाउने जिम्मेवार दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]