भुरीगाउँलेका १६ जनालाई वोमी लघुवित्तको औंठी तथा चुरा बनाउने तालिम

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भुरीगाउँलेमा एक दिने चुरा बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको छ । बर्दिया जिल्लाको भुरिगाउँ शाखा कार्यालयले आफ्नो कार्यक्षेत्रका १६ जना लाई शिपमुलक औंठी तथा चुरा बनाउने तालिम प्रदान गरेको हो ।

तालिमकी प्रशिक्षक शुशिला पराजुलीले प्रशिक्षार्थीहरुलाई उक्त सिपमुलक औंठी तथा चुरा बनाउने तरिका, उक्त सामानहरु बनाउँदा आवश्यक सामान पाईने स्थान तथा सो को गुणस्तर बारेमा जानकारी गराइन् ।

उक्त तालिम कार्यक्रममा शाखाका शाखा प्रमुखले सहभागीहरुले आफुले सिकेको सीपलाई व्यवसायमा परिणत गरी व्यवसायी भए मात्र संस्थाको उद्देश्य पुरा हुने बताए ।

यस वित्तीय संस्थाले देशभरका ३५ जिल्लाहरुमा ४९ वटा शाखा कार्यालयहरु मार्फत ३३ हजार सदस्यहरुमा उठाउन बाँकिकर्जा एक अर्ब ८८ करोड र रु ६८ करोड १७ लाख रुपैयाँ बचत परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.