August 15th, 2019

बैंकिङ कसुर लागेका प्रदेशमन्त्री खत्री पक्राउ, मन्त्री पदबाट पनि बर्खास्थ

बैंकिङ खबर । बैंकिङ कसुरको घटनामा कीर्ते बैंक ग्यारेन्टी गरेको विषयलाई लिएर कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गरिएको छ ।  उच्च अदालत पाटनले उनलाई दुइदिन अघि पक्राउ आदेश दिएको थियो । पक्राउ आदेश सँगै बैंकिङ कसुरमा मन्त्री खत्री पक्राउ परेपछि उनलाई प्रदेश सरकारले मन्त्री पदबाट बर्खास्थ गरेको छ । अदालतले मन्त्री खत्री सहित अरु ५ जनालाई पक्राउ आदेश दिएको थियो । उनीहरुले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको अभियोग लागेको हो ।  उनी प्रहरी हिरासतमा छन् । उनी पक्राउ परेपछि उनलाई प्रदेश सरकारले बर्खास्थीको निर्णय गरेको हो । प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई पदमुक्त गरिएको जानकारी दिए । मन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी मुख्य मन्त्री आफैंले संहालेका छन् । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]