July 14th, 2019

प्रोग्रेशिभ फाइनान्समा नयाँ संचालक समिति, अध्यक्षमा पुनः महर्जन

बैंकिङ खबर । प्रोग्रेशिभ फाइनान्सले २१औँ र २२औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७५।७६का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस.एम.सी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु पनि सर्वसम्मतिले पारित गरेको छ ।

सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थापक समूहबाट किशोर कुमार महर्जन, लक्ष्मी प्रसाद महर्जन र शम्भुलाल डंगोल तथा सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन र सविना महर्जन सञ्चालकमा निर्वाचित भएका छन् । साधारण सभा लगत्तै बसेको नवनिर्वाचित संचालक समितिको सहमतीय बैठकले किशोर कुमार महर्जनलाई पुनः अध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]