August 2nd, 2019

प्रमुख कार्यकारी पदका लागि नेपाल बैंकले खुलायो विज्ञापन

बैंकिङ खबर । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । बैंकले व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेशाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उतीर्ण उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ । चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेशाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उतीर्ण गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष काम गर्ने अनुभव भएका व्यक्तिले पनि आवेदन दिन पाउनेछन् । आवेदन दिने म्याद भदौ ४ गतेसम्म रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]