August 12th, 2019

गणपति माइक्रो फाइनान्सको दुई दिने समिक्षा गोष्ठी सम्पन्न

बैंकिङ खबर । गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लि. को आयोजना तथा श्रवणकुमार सपोर्ट प्रा.लि. को प्राविधीक सहयोगमा मिति २०७६ श्रावण २४ र २५ गते पोखरा, कास्कीमा २ दिने धितो कर्जा सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिममा गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लि. का ३१ वटा शाखा कार्यालयबाट शाखा प्रबन्धक तथा सहायक कर्मचारी गरी ३१ जना सहभागीलाई श्रवणकुमार सपोर्ट प्रा.ली ले धितो कर्जा सम्बन्धी महत्वपुर्ण तालिम संचालन गरेको थियो । उक्त तालिममा श्रवणकुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेल, कास्की जिल्लाका प्रमुख मालपोत अधिकृत ज्ञानराज पाण्डे तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा निर्देशक लेखनाथ दाहालले प्रशिक्षण दिनु भएको थियो ।
तालिमको दोश्रो तथा अन्तीम दिन २५ गते तालिममा सहभागीलाई प्रमाण पत्र वितरण तथा तालिमको समापन गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गर्नुभएको थियो । सोही तालिम पश्चात श्रावण २६ गते आ.ब. २०७५÷०७६ को बार्षिक समिक्षा गोष्ठी कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गर्नुभएको थियो । गोष्ठीमा ३१ वटा शाखाका शाखा प्रबन्धक तथा प्रतिनिधीहरुको सहभागिता रहेको थिायो ।
२०७६ आषाढ मसान्तमा संस्थाको ग्राहक सदस्य १६,१२९, कर्जा ८७ करोड ७५ लाख ४३ हजार तथा बचत संकलन २३ करोड ७२ लाख ३७ हजार र कुल नाफा ३ करोड ४ लाख ४१ हजार रहेको छ । हाल सम्म संस्थाको १७ जिल्लामा ३१ वटा शाखा संचालनमा आएको र यस आ.ब. मा थप ५ वटा शाखा स्थापना गर्ने लक्ष्य रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]