August 16th, 2019

क्रश होल्डिङ के हो ? किन हेर्दैछ राष्ट्र बैंकले विवरण ?

बैंकिङ खबर । कुनै एक सार्वजनिक करोबार गर्ने संस्थाका सेयरधनीको अर्को सार्वजनिक कारोबार गर्ने संस्थामा पनि सेयर भएको अवस्था नै क्रश होल्डिङ हो । कुनै व्यक्तिको एकभन्दा बढी संस्थामा सेयर भए त्यो व्यक्तिगत क्रशहोल्डिङ हुन्छ भने कुनै संस्थाले एकभन्दा बढी संस्थामा सेयर होल्ड गरेको छ भने त्यो संस्थागत क्रशहोल्डिङ हुन्छ ।

नेपाल राष्ट्र बैंकले एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजसन गराउने नीति लिएको छ । यसको मतलव, क्रशहोल्डिङ भएका बैंकहरुलाई मर्जर गराउने भनिएको हो ।

नेपालमा विभिन्न व्यक्तिहरुले विभिन्न बैंकमा लगानी गरेका छन् । एउटै व्यक्तिले ४।५ वटा बैंकमा लगानी गरेका छन् । यही अवस्था नै क्रशहोल्डिङ हो । यद्यपि, यही आधारमा राष्ट्र बैंकले मर्जर गराउन सक्ने अवस्था छैन । किनकि, संचालक समितिमा नै प्रतिनिधित्व हुने किसिमको क्रशहोल्डिङ छैन । एकै व्यक्तिको बढीमा ४।५ प्रतिशत मात्रै लगानी छ र यो धेरै संख्यामा छ ।

त्यसैले, राष्ट्र बैंक अब संस्थागत क्रशहोल्डिङ हेर्दैछ । व्यक्तिको विवरण काफी नभएपछि कम्पनी, घराना वा समूहका नामबाट भएको लगानीको विवरण हेर्न लागेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]