August 12th, 2019

कामना सेवा विकास बैंकले विद्यार्थीलाई झोला बाँड्यो, सिसि क्यामेरा जोड्न नगद सहयोग

बैंकिङ खबर । कामना सेवा विकास बैंकले रुपन्देहीको वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेकका हुन् ।

सिद्धार्थनगर नगरपालिकामा सिसि क्यामेरा जडानका लागि पनि बैंकले सहयोग गरेको छ । सिसि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा रकम हस्तान्तरण गेको छ । बैंकको दमक शाखाकी ग्राहक सारदा आङ्देम्बेलाई नौ हजार छ सय सात रुपैयाँ र बेसिशहरकी ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार आठ सय १९ रुपैयाँ प्रदान गरिएको हो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]