August 9th, 2019

एलआईसीको १७ औ वार्षिक साधारण सभा सम्पन्न

 
बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पुलिस क्लबको सभाहल, प्रदर्शनीमार्गमा सम्पन्न साधारण सभाले आ.ब. २०७४/०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७०∞ लाभांश पारित गरेको छ, जस अन्तर्गत ३४.४६ % वोनस शेयर र ३५.५४∞ नगद लाभांश रहेका छन् । आ.ब. २०७४/०७५ मा कम्पनीले १,३३,३०९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २ सय ८८ करोड ८९ लाख संकलन गर्न सफल भएको थियो । २०७५ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कुल चालु बीमालेखको संख्या ७,३४,६०८ र कूल जीवन बीमा कोषमा रु. ४,२२३.३४ करोड संकलन भएको हो । आ.ब. २०७४/०७५ मा कम्पनीको कुल जीवन बीमा कोषमा २५.८५∞, प्रथम बीमाशूल्क आर्जनमा ९.७०∞, लगानीतर्फ २१.७६∞ र लगानीबाट प्राप्त आम्दानीमा ५५.६७∞ को बृद्धिदर रहेको थियो । 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]