August 12th, 2019

एनएमबी लघुवित्तको बार्षिक समिक्षा बैठक सम्पन्न

बैंकिङ खबर । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व. २०७५/०७६ को बार्षिक समिक्षा बैठक प्रदेश नं. १ को सुनसरीको इटहरीमा र प्रदेश नं. ४ को कास्कीको पोखरामा सम्पन्न भएको छ । प्रदेश नं. १ को इटहरीमा संचालित समिक्षा बैठकमा प्रदेश १ का २१ वट शाखा कार्यालयका शाखा प्रबन्धक र प्रदेश नं. ४ का २१ वटा शाखाका शाखा प्रबन्धक को सहभागिता रहेको थियो । साथै प्रदेश नं. ४ को कार्यक्रममा केन्द्रीय कार्यालयबाट प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्साल, जनशक्ति ब्याबस्थापन प्रमुख भुवनेश्वर फुलारा, कर्जा जोखिम तथा असुली विभाग प्रमुख प्रेम प्रसाद सुवेदी र वित्त विभाग प्रमुख कृष्ण प्रसाद गह्रैको उपस्थिती रहेको थियो, भने प्रदेश नं. १ को कार्यक्रममा संस्थाका सहायक महाप्रबन्धक राम प्रसाद मिश्र र कर्जा विभाग प्रमुख सुर्य प्रसाद उपाध्यायको उपस्थिती रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले लघुवित्त कार्यक्रमले ग्रामिण अर्थतन्त्रलाई चलाएमान बनाएको र समय सापेक्ष प्रविधी संगसंगै लघुवित्त कर्यक्रमलाई प्रविधी मैत्री बनाउनु पर्ने बताउनु भयो । साथै संस्थाका सहायक महाप्रबन्धक राम प्रसाद मिश्रले लघुवित्त संस्थाले दीगो वित्तीय पहुँच ग्रामिण क्षेत्र सम्म पु¥याइ समुदायको जीवनस्तर माथि उठाउन ठुलो सहयोग गरेको उल्लेख गर्नुभयो ।
यस संस्थाको हाल ५४ जिल्लामा १०० वटा शाखा कार्यालय र १ वटा केन्द्रीय कार्यालय रहेको छ । यो आ.व. २०७६/०७७ मा १५ वटा शाखा कार्यालय र ७ वटा प्रदेश कार्यालय थपगरी जम्मा १२३ कार्यालय पु¥याउने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]