July 17th, 2019

एनआईसी एशिया बैंक र ग्राण्डी अस्पताल बीच सम्झौता

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रा.लि. बीच स्वास्थ्य सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले काठमाडौको धापासी स्थीत रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल संग बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले मुलुकभर २९१ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् करिब १६ लाख ग्राहकमा बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]