October 29th, 2017

EMV Chip पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बन्यो सिद्धार्थ बैंक

सिद्धार्थ बैंक EMV Chip पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम (NEPS) सँगको सहकार्यमा EMV Chip संरचनामा स्तरोन्नति गरेको हो । 

विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै Magnetic Stripe भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु EMV Chip कार्डमा स्तरोन्नति गर्दै आएको थियो । यसको सफलतासँगै अब बैंकको ATM र POS ले पनि कार्डमा रहेको EMV Chip लाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले EMV Chip परिपालना गर्ने बैंक भए पश्चात Magnetic Stripe भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार  पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको छ, साथै नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउदै आएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि १०२ ATM, १ मोबाइल ATM र ५५० भन्दा बढी POS मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]