February 28th, 2020

शेयर बजारको रेकर्डमाथि रेकर्ड : एक सातामा झन्डै दुई सय अंकको वृद्धि

बैंकिङ खबर । यो साता शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । गत साता १४३४.५७९८ अंकमा बन्द भएको शेयर बजार यो साता निरन्तर उकालो लाग्दै १६३२.१७८६ अंकमा कायम भएको छ । पहिलो दिन नै १५ सयको विन्दु नाघेर रेकर्ड बनाएको बजारले विहीबार १६ सयको विन्दु नाघेर आफ्नै रेकर्ड तोडेको छ ।

कारोबार
पाँच दिनमा १८ अर्ब ६२ करोडको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ८७ करोड ७५ लाखको कारोबार भएको छ । एनएमबि बैंकको ६५ करोड २७ लाख, हिमालयन डिस्टीलरीको ६५ करोड १९ लाख, शिभम सिमेन्ट्सको ६१ करोड ६७ लाख, एनआईसी एशिया बैंकको ५९ करोड ५१ लाख, नेपाल बैंकको ४७ करोड ७१ लाख, शिखर इन्स्योरेन्सको ४२ करोड ४४ लाख, प्रभु बैंकको ४१ करोड ९६ लाख, ग्लोबल आईएमई बैंकको ३९ करोड ५२ लाख र नेको इन्स्योरेन्सको ३८ करोड २१ लाखको कारोबार भएको छ ।

पुँजीकरण
मार्केट क्यापिटलाइजेसनका आधारमा नेपाल टेलिकम अगाडी छ, जसको एक खर्ब सात अर्बको पुँजीकरण भएको छ । यसबाहेक धेरै पुँजीकरण हुनेमा क्रमशः नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् ।

नेपाल बैंकको सबैभन्दा धेरै १५९२ कित्ता शेयर किनबेच भएका छन् भने सबैभन्दा धेरै पटक शेयर खरिदविक्री हुनेमा एनएमबि बैंक रहेको छ । बैंकको शेयर ४६५० पटक खरिद विक्री भएका छन् ।

सुचीकरण
साताभरमा हिमालय दोलखा हाइड्रोको एक करोड ६० लाख कित्ता आईपिओ, गुराँस लघुवित्तको ५९ हजार कित्ता बोनस शेयर र चिलिमे हाइड्रोपावरको ९५ लाख १६ हजार दुई सय ७१ दशमलव ५६ कित्ता बोनस शेयर गरी कुल दुई करोड ५५ लाख ७५ हजार दुई सय ७१ दशमलव ५६ कित्ता शेयर नेप्सेमा कारोबारको लागि सूचिकृत भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]