November 8th, 2016

विकासका लागि छुट्याइएको बजेट खर्च भएन

artha-768x451

विकास बजेट अपेक्षाअनुरुप खर्च नभएपछि अर्थमन्त्री कृष्णबहादुर महराले त्यसप्रति चासो राखेका छन् । विभिन्न मन्त्रालयका सचिवसहित विभागीय प्रमुखहरुलार्य  मंगलबार छलफलमा डाकेर उनले यसबारे चासो राखेका हुन् । विकास बजेट समयमै खर्चिनका लागि सरकारले चालू आर्थिक वर्षको बजेट जेठ १५ मै ल्याएको थियो । यद्यपी त्यसको कार्यान्वयको गति भने कछुवा गतिमा छ । 
पहिलो चौमासिक सकिन लाग्दा पनि विकास बजेट करिब ४.२१ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेट अपेक्षाकृत रुपमा खर्च हुन नसकेपछि त्यसको सम्बोधनका लागि अर्थमन्त्री महरा विशेष रणनीति नै तयार गर्न लागिपरेका छन् । महराले दोस्रो चौमासिकबाट कार्यान्वयनलाई तीब्र बनाउन पहल थालेका छन् । 
कात्तिक २२ गतेसम्मको अवस्था हेर्दा बिनियोजित जम्मा बजेटमध्ये ४.२१ प्रतिशत मात्रै विकास बजेट खर्च भएपछि सरकारको चिन्ता बढेको हो । एमाले नेतृत्वको सरकारले चालू आर्थिक वर्ष २०७३/७४ का लागि तीन खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ विकास बजेट छुट्याएको थियो । यो अवस्थामा अहिलेसम्म १३ अर्ब १२ करोड ७१ लाख रुपैयाँ विकास बजेट सरकारले खर्च गर्न सकेको छ । सरकारले चालू खर्च भने २०.९२ प्रतिशत सकेको छ । 
चालू आर्थिक वर्षमा सरकारले ६ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ चालू खर्चका लागि बजेट छुट्याएको थियो । अहिलेसम्म चालू खर्चबाट १ खर्ब २९ अर्ब १० करोड रुपैयाँ अर्थात २०.९२ प्रतिशत खर्च भएको हो । 

विकास बजेट खर्च हुन नसकेपछि त्यसबारे सम्बन्धित मन्त्रालयका सचिवहरुसँग अर्थमन्त्रीले जानकारी मागेका हुने । चालू आवको पहिलो चौमासिक सकिन लाग्दा सबैभन्दा थोरै विकास बजेट ऊर्जा मन्त्रालयले खर्च गरेको छ । 

अर्थमन्त्रीले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखहरुसँग जानकारी पनि यसबारेमा जानकारी लिए । 
चालु आवको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३.८१ प्रतिशत मात्रै खर्च भएको छ । यो अवस्थामा अर्थमन्त्री महराले दोस्रो चौमासिकमा विकास आयोजनाको ठेक्का सकेर काममा लाग्न पनि सचिवहरु र विभागीय प्रमुखहरुलाई निर्देशन दिए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]