May 6th, 2016

लगानीकर्ताका लागि खुसीको खबर : उद्योग दर्ता गर्न अब विभाग धाउनु नपर्ने

onlineउद्योग दर्ता गर्नका लागि फाइल बोकेर उद्योग विभाग धाउनुपर्ने झन्झट टरेको छ । विभागले लगानी प्रोत्साहन गर्न अनलाइनमार्फत उद्योग दर्ता गर्ने व्यवस्था मिलाएपछि अब लगानीकताले घरमै बसीबसी उद्योग दर्ता गराउन सक्ने भएका हुन् । पहिलो चरणमा विदेशी लगानीकर्ताले अनलाइनबाट उद्योग दर्ता गर्न पाउँन बताइएको छ । स्वदेशी लगानीकर्ताले भने आगामी साउन महिनादेखि सो सेवा पाउने छन् । 

उद्योग मन्त्रालय र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा विभागलाई अनलाईनमा लैजाने कार्य भईरहेको बताइएको छ । विभागका अनुसार हार्डवेयर खरिदका लागि ४७ लाखको टेन्डर प्रक्रिया पूरा भइसकेको छ । कम्प्युटर, तार र सर्भरका लागि निजी कम्पनी म्याक्स इन्टरनेसनलले अर्को महिनासम्ममा सम्पुर्ण सामग्रीहरु जडान गरिसक्नेगरी काम गरिरहेको छ । अनलाइनबाट उद्योग दर्ताका लागि भनेर विभागले २५ वटा कम्प्युटर थपेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]