Thursday , June 29 2017

बैंकिङ संक्षेप

नेपाल एसबीआई बैंकका मेनेजरको खुकरी प्रहार गरी हत्या

नेपाल एसबीआई बैंक लैनचौरका मेनेजर ३२ वर्षीय सरोज सुवेदीको हत्या भएको छ । सुवेदीकका आफ्नै मामाका छोरा २७ वर्षीय पारस कोइरालाले आईतबार बिहानै भक्तपुरको मध्यपुर थिमीमा सुवेदीको हत्या गरेका हुन् । सुवेदी घरमा बसिरहेको अवस्थामा कोइरालाले खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।  खुकुरी प्रहारबाट घाइते सुवेदीको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार हत्यारा कोइरालालाई धादिङबाट पक्राउ गरिएको छ ।
 

सिटिजन्स बैंकको आयोजनामा फुष्टल टुर्नामेन्ट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरु बीच ‘Third Citizens Interbank Futsal Tournament’ आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता २०७४ बैशाख २ देखि ४ गते सम्म काठमाण्डौको कमलादि स्थिति Uniglobe College मा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका बिजयताहरुलाई यस बैंकको मिति २०७४ बैशाख ७ गते बैंकको मुख्य कार्यालय नारायणहिटिमा आयोजित हुने दशौं वार्षिकोत्सवमा Trophy वितरण गर्ने कार्यक्रम गरेको छ ।

साढे १० अर्ब लागतमा कालङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु

निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको मङ्गलवार एक कार्यक्रमबीच शुरू गरियो । करीब रू. १० अर्ब ५० करोडको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैङ्कको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी रहने बताएको छ । तीन वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनामा माछापुच्छ्रे, एनएमबी, सिभिल बैङ्कलगायत विभिन्न १० ओटा बैङ्कको लगानी रहेको आयोजना प्रमुख उमेश श्रेष्ठले बताए ।  रासस

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले दिए उम्मेदवारी 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । हाल उनी एसोसिएटतर्फका उपाध्यक्ष रहेका छन् ।

गोल्छाले पदाधिकारी टिम सहित उम्मेद्वारी घोषणा गरेका हुन् । गोल्छाको टिममा जिल्ला तथा नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ, एशोसियट उपाध्यक्षमा चन्द्र ढकाल, बस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।

निजी क्षेत्रले गर्ने लगानीको सुरक्षाको सुनिश्चितता गर्न सुझाव

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैङ्कका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले सोमवार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैङ्कको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले बताएको छ । 

उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय चुनावपछि राजनीतिक स्थितिमा सुधार आउने र देश आर्थिक विकासमा अगाडि बढ्ने बताए । उनले चौधौँ योजना कार्यान्वयनका क्रममा रहेको र सन् २०३० सम्मका लागि दीर्घकालीन योजना तयार पारेको उल्लेख गरे । आगामी केही वर्ष भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्ने बताउँदै उपाध्यक्ष डा श्रेष्ठले विश्व बैङ्कलगायतका विकासका साझेदार संस्थाबाट वैदेशिक लगानी भित्र्याउन आवश्यक सहयोगको अपेक्षा गरेका छन् । 

जवाफमा निर्देशक डा एन्डिनले नेपालको वर्तमान आर्थिक अवस्था, योजना आयोगको भूमिकालगायतका विषयमा चासो व्यक्त गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रको लगानीको सुरक्षाको सुनिश्चितता गर्दै निजी क्षेत्रको भूमिका बढाउनुपर्ने बताए । रासस
 

भूकम्पपछि दोब्बर बढ्यो विदेशीनेको संख्या

विभिन्न देशमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या धादिङमा भूकम्पपश्चात् भने निकै बढेकोे छ । यसैगरी अवसर खोजीका लागि युवा विदेशिने क्रमसँगै जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी लिनेको भीड अत्यधिक बढेको छ ।

विगतका भन्दा यस वर्ष राहदानी लिनेको सङ्ख्या पनि दोब्बरभन्दा बढीले वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ नेपालका ग्रामीण क्षेत्रहरुमा सरकारले युवा केन्द्रित कार्यक्रम नपठाउनु र बढ्दो बेरोजगारीका साथै भूकम्पपश्चात् पुनर्निर्माणका लागि आवश्यक खर्च जुटाउन युवा विदेशिने क्रम बढेको हो । जिल्लामा रोजगारीका लागि विदेश जानेको संख्या यकिन नभए पनि जिल्ला प्रशासन कार्यालय, धादिङबाट राहदानी लिनको लागि आवेदन दिनेको संख्या भने अहिले दैनिक तीन सयको हाराहारीमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । केही वर्षअघिसम्म प्रतिवर्ष राहदानी लिनेको संख्या तीन हजार ५ सयदेखि चार हजारको हाराहारीमा रहेकामा हाल भने सो सङ्ख्या प्रतिवर्ष झण्डै तेब्बरभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । विशेषगरी धादिङबाट खाडी मुलुकमा जानेको सङ्ख्या उल्लेखनीय रहेको छ । खाडी मुलुकको अलावा धादिङबाट कामको सिलसिलामा भारत जानेको सङ्ख्या पनि त्यत्तिकै रहेको छ ।

युवा विदेश पलायन भएका कारण गाउँमा बालबालिका बूढापाका र महिलामात्र रहेकाले भूकम्पपश्चात्को पुनर्निर्माणको कामका लागि आवश्यक जनशक्तिको अभावसमेत  भएकोे छ । धादिङको उत्तरी क्षेत्रमा भने एकै घर परिवारका पाँचजनासम्म वैदेशिक रोजगारीमा गएका छन् । यस जिल्लामा कृषिका अलावा विदेशबाट आएको विप्रेषण आम्दानीको मुख्य स्रोत रहेको छ ।  रासस

राष्ट्र बैंकका निर्देशक मातृशोकमा 

नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रेवति नेपाललाई मातृशोक परेको छ । उनकी आमा विष्णुकुमारी नेपालको ७३ बर्षको उमेरमा निधन भएको हो । दमको विरामी नेपालको काठमाडौंस्थित सिभिल हस्पीटलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्यले जनाएका छन् । उनको निधनप्रति बैंकिङ खबर हार्दिक श्रदाञ्जली व्यक्त गर्दछ ।

सिटिजन्स बैंकद्धारा विद्यालयलाई कप्युटर सहयोग 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जानकी प्राथमिक विद्यालयलाई भौतिक सहयोग स्वरुप एक थान कम्युटर प्रदान गरेको छ । नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले बैंकले बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं. ४ सिरकोइयामा रहेको विद्यालयलाई कम्युटर सहयोग गरेको हो । 

बुधबार गुलरियामा आयोजित एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ थान कम्युटर उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्ना लाल यादव लाई हस्तान्तरण गरे । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई कम्प्युटर सहयोग गरेको बैंकले जनाएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्याउँदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्याउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले दिए ।


                    
                                                                                

नाम परिवर्तन गर्दै बैंक अफ काठमाण्डू लुम्बिनी

बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । बैंकले चैत्र ३ गते बोलाएको २२औँ साधारणसभामा बैंकको नाम परिवर्तन गर्नेसम्बन्धी प्रस्ताव अघि सार्ने भएको हो । नेपाल राष्ट्र बैंकलाई स्वीकार्य हुने नाम परिवर्तन गर्नुपर्ने भन्दै बैंकले अब पुरानै नाम बैंक अफ काठमाण्डू बनाउने प्रस्ताव गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड बनेको हो । 

नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट २३ लाख चोर्ने पक्राउ

धनगढीको नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट हराएको रकम बैङ्ककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैङ्कको रू. २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

निजले माघ २८ गते बैङ्कको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले उपाध्यायले बैङ्कमा रहेको सीसी क्यामेरा बन्द गरी एटिएममा राखिएको उक्त रकम एटिएमको लक खोलेर चोरी गरेको पाइएको बताए । 

चोरी गरेको रकम निजले आफन्तका घरमा लुकाइराखेका थिए । रकम चोरी भएपछि बैङ्कले आइतवार जिल्ला प्रहरी कार्यालयमा खोजबिनका लागि निवेदन दिएको थियो । रासस