Tuesday , June 27 2017

बैंकिङ रोजगारी

सिद्धार्थ बैंकमा जागीर खुल्यो, अनुभव नचाहिने

सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट माग गरेको हो । मेनेजमेन्ट ट्रेनीका लागि २८ वर्ष र ट्रेनी एसिस्टेन्टका लागि २६ वर्ष उमेर नपुगेका कर्मचारी बैंकले मागेको छ । त्यस्तै, मेनेजमेन्ट ट्रेनीका लागि कम्तीमा ६५ प्रतिशत प्राप्तांकसहित विजनेस, मेनेजमेन्ट तथा इकोनोमिक्समा मास्टर्स गरेको हुनुपर्नेछ भने ट्रेनी एसिस्टेन्ट (उपत्यकाभित्र)का लागि कम्तीमा ५५ प्रतिशत प्राप्तांकसहित विजनेस, मेनेजमेन्ट तथा इकोनोमिक्समा स्नातक गरेको हुनपर्नेछ । उपत्यकाबाहिरका लागि भने ५० प्रतिशत प्राप्तांक ल्याएको हुनुपर्ने बताइएको छ । आवेदन दिने म्याद मे १४ सम्म रहेको छ ।  

बैंकमा जागिर खाने हो ? फेवा विकास बैंकमा दिनुस आवेदन

फेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकमा ब्रान्च म्यानेजर देखि गोल्ड टेस्टर पदमा आबेदन माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जुनियर अफिसर, जुनियर असिस्टेन्स, गोल्ड टेस्टर पदका लागि आवेदन माग गरेको हो ।
ब्रान्च म्यानेजरका लागि ३ वर्ष बैंकिङ अनुभव र स्नातक तह उर्तिण र गोल्ड टेस्टरका लागि प्लसटु उर्तिण र बैंकिङ अनुभव हासिल गरेका आबेदकले आबेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । आबेदकले बैशाख २५ गते भित्रमा आबश्यक कागजात सहित बैंकको प्रधान कार्यालय पोखरामा बुझाउनु पर्ने हुन्छ । अफिसर तहका लागि ४० र सहायक तहका लागि ३५ वर्ष ननागेका आबेदकले आबेदन दिन सक्ने छन् ।

सिटिजन्स बैंकमा जागीर खुल्यो

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्र तथा बाहिर सञ्चालन भइरहेका शाखाहरुका लागि शाखा प्रबन्धक माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नागरिकलाई मे ३ को साँझ ५ बजेभित्र अनलाइन एप्लिकेशन बुझाउन आह्वान गरेको छ ।

अनलाइन एप्लिकेशन सबमिट गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.ctznbank.com/jobs2017/bmindex.php

बैंकमा जागिर गर्ने हो ? (हेर्नुहोस् तपाईंलाई चाहिने योग्यता)

रुपा कोइराला / कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । विभिन्न कम्पनीका आफ्नै नीतिनियम हुन्छन् । कर्मचारीले सम्बन्धित कम्पनीको नीतिनियमभित्र रहेर काम गर्नुपर्छ । बैंकिङ क्षेत्रमा जागीर गर्नका लागि पनि आधारभूत योग्यताहरु लगभग उस्तै हुन् । शैक्षिक योग्यता, अनुभव, कार्यशैली यो सबै कुराहरु बैंकिङ क्षेत्रमा जागीर गर्दा पनि हेरिन्छ । बैंकमा पनि जागीर खाने विभिन्न पदहरु हुन्छन् । समग्रमा, बैंकिङ क्षेत्रमा करिअर बनाउन यस्ता योग्यताहरु आवश्यक पर्दछन् । 

शैक्षिक योग्यता
विशेषगरी, बैंकिङ क्षेत्रमा प्रवेश गर्न व्यवस्थापन संकायमा अध्ययन गरेको हुनुपर्छ । यो अध्ययनले आर्थिक तथा वित्तीय प्रणालीको बारेमा जानकारी गराउँछ । बीबीए तथा बीबीएस गरेकाहरुको माग यो क्षेत्रमा बढी हुने गर्दछ । अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, विजनेस एडमिनिस्ट्रेसन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर उतीर्ण गरेकाहरुको माग बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी लगायतमा भइरहेको हुन्छ । त्यस्तै, पछिल्लो समय फेसन जस्तै बनिसकेको विषय हो, सीए । सी गर्नेहरुलाई अहिले नेपालमा राम्रो स्कोप छ । सी गर्नेहरुले पनि जागीर गर्ने बैंकिङ क्षेत्रमै हो । साथमा पुँजी बजारसम्बन्धी कुनै पनि कम्पनीमा सीएको आवश्यकता हुने गर्दछ । यसबाहेक, पदअनुसारका योग्यता हरु खोजिन्छन् । जस्तै, बैंकलाई लिगल अफिसर चाहिएको हुन सक्छ । यसका लागि कानुन विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै, कुनै बैंकलाई आईटी अफिसर चाहिएको हुन सक्छ । यसका लागि आईटी पढेको हुनुपर्छ । 

अनुभव तथा तालिम
बैंकिङ क्षेत्र जनताको पैसाको कारोबार गर्ने क्षेत्र भएकाले निकै नै संवेदनशील मानिन्छ । त्यसैले, कर्मचारी नियुक्तिको विषयमा यो क्षेत्रमा अलि कडाइ गरिन्छ । शैक्षिक योग्यता सँगसँगै अनुभव तथा तालिमहरु पनि माग गरिन्छ । विशेषतः मेनेजर, अफिसर जस्ता ठूला पदमा त अनुभव अनिवार्य नै हुन्छ । अब, अनुभव चाहिँ कहाँबाट लिने त ? अनुभव लिनका लागि तपाईँले कुनै पनि बैंकमा इन्टर्नसिप गर्नुहोस्, अथवा सामान्य पदबाट जागीर सुरु गर्नुहोस् । यसबाट तपाईँलाई बैंकिङसम्बन्धी जानकारी प्राप्त हुन्छ । अनि, बैंकिङ करिअर बनाउन ठूलो सहयोग पुग्छ । यसबाहेक, बैंकहरुले आफ्ुना कर्मचारीहरुका लागि बेलाबेलामा तालिम पनि दिइरहेका छन् । त्यसैले, इन्टर्नसिपबाटै भएपनि आफूमा क्षमताको विकास गर्नुहोस् । बैंकहरुले प्रशिक्षार्थी कर्मचारीको रुपमा बेलाबेलामा दरखास्त आह्वान गरिरहेका हुन्छन् । यस्तै बेलामा यो क्षेत्रमा छिर्नुभयो भने तपाईँलाई बैंकिङ करिअर बनाउन पक्कै सहज हुन्छ । 

भाषासम्बन्धी ज्ञान
कर्मचारी आवश्यकतासम्बन्धी जुन विज्ञापन हेर्नुस्, सबैमा अंग्रेजी तथा नेपाली भाषामा दखलता भएको हुनुपर्ने भन्ने वाक्यांश पाउनुहुन्छ । पछिल्लो समयमा त झन् अंग्रेजी भाषा निकै नै हाबी बन्दै गइरहेको छ । यस अनुसार, तपाईँले आफूलाई पनि तयार बनाउनुस् । नेपाली र अंग्रेजी दुबै भाषा पढ्न, लेख्न र बोल्नमा आफूलाई दक्ष बनाउनुस् । 

कम्युटरसम्बन्धी ज्ञान
कम्प्युटरसम्बन्धी धेरै नभएपनि आधारभूत ज्ञान भएको हुनु पनि अनिवार्य नै हो । बैंकमा मात्र हैन हरेक क्षेत्रमा जागीर गर्दा यो क्षमता हुनु जरुरी छ । जागीर नै नगरेपनि यो सीप खेर जाँदैन । त्यसैले, खाली समयमा कम्प्युटर तालिम लिनुहोस् । फेसबुक या युटुवका लागि मात्र कम्प्युटरको प्रयोग नगरेर टाइपिङ(अंग्रेजी, नेपाली), बैंकिङ सफ्टवेर, पावरपइन्ट, एक्सेलजस्ता कुराहरु चलाउन जान्ने बन्नुहोस् । 

अन्तक्र्रियात्मक क्षमता
बैंकले जारी गरेको कर्मचारी आह्वानसम्बन्धी हरेक विज्ञापनमा सँधै अटाउने अर्को वाक्यांश हो एक्सिलेन्ट कम्युनिकेसन स्किल, अर्थात उत्कृष्ट अन्तक्र्रियात्मक क्षमता । ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन सक्ने र ग्राहकको जिज्ञासालाई तुरुन्तै मेटाउन सक्ने क्षमता एउटा कर्मचारीमा हुनुरु जरुरी छ । यसका लागि पुनः कुरा आउँछ, सम्बन्धित क्षेत्रसम्बन्धी ज्ञानको । हामीसँग ज्ञान छ भने पक्कै पनि बोल्नको लागि धेरै कुरा हुन्छ, र अरुलाई बुझाउन पनि सहज हुन्छ । तर, ज्ञान हुनेवित्तीकै सबैले अरुलाई बुझाउन सक्छन् भन्ने छैन । यसका लागि आफूले जानेको कुरा राम्रोसँग अरुको अगाडी राख्न सक्ने हुनुपर्छ । बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने बैंक तथा पदका लागि आवश्यक योग्यताहरु त छँदैछन्, यसका अलावा माथि उल्लेखित योग्यताहरु पनि तपाईँमा भयो भने तपाईँको बैंकिङ भविष्य एकदमै उज्वल छ, यसमा दुईमत छैन । 

सहयोगी विकास बैंकले माग्यो कर्मचारी

सहयोगी विकास बैंकमा जागीर खुलेको छ । बैंकले एक जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) र एक जना डेपुटी जनरल मेनेजर माग गरेको हो । सीईओ पदमा फाइनान्सियल इन्स्टिच्युसन एक्ट २०६३ बमोजिम नियुक्त गरिने बताइएको छ । डेपुटी जनरल मेनेजरका लागि भने कम्तीमा व्यवस्थापन, अर्थशास्त्र वा चार्टर्ड एकाउन्टेन्सीमा मास्टर्स गरेको, बैंकिङ क्षेत्रमा कम्तीमा ६ वर्ष काम गरेको अनुभव भएको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ । जागीरका लागि एप्लाई गर्ने समय वैशाख ५ गतेसम्म रहेको छ । 

मेगा बैंकमा जागीर खुल्यो

मेगा बैंक नेपाल लिमिटेडका जागीर खुलेको छ । बैंकले विभिन्न १० पदका लागि दुई दर्जन कर्मचारी माग गरेको छ । बैंकले मेनेजर, अफिसर र एसिस्टेन्ट लेभलको विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले वैशाख ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.megabanknepal.com/jobs/detail/5/mega-career-opportunities-april-05-2017

राष्ट्रिय स्तरको एनएडीईपी लघुवित्तले माग्यो डेपुटी सीईओ

०७२ साल जेठ महिनादेखि सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले डेपुटी सीईओ माग गरेको छ । संस्थाले चार वर्षे कार्यकालका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको, बैंकिङ संस्थामा कम्तीमा पाँच वर्ष नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवी र जिम्मेवार व्यक्तिलाई सीईओमा नियुक्त गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति १४ अप्रिल अर्थात वैशाख १ गते रहेको छ ।

 

रुरल माइक्रोफाइनान्समा विभिन्न पदका लागि जागीर खुल्यो

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लिमिटेडले विभिन्न पदका लागि सात जनाको दरखास्त आह्वान गरेको छ । कम्पनीले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका कर्मचारी करारमा नियुक्त गर्न लागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले चैत्र २९ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

 

सूर्योदय लघुवित्तमा जागीर खुल्यो

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले दुई जना वरिष्ठ सहायक शाखा प्रमुख माग गरेको हो । इच्छुक र योग्य नेपाली नागरिकलाई यही चैत्र २४ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

जनसेवी लघुवित्तले माग्यो सीईओ

जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । पर्वत जिल्लामा केन्द्रीय कार्यालय रहेको १० जिल्ले जनसेवीले स्नातक उतीर्ण गरी लघुवित्त क्षेत्रमा अधिकृत वा सोभन्दा माथिको तहमा रहेर कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको व्यक्तिको दरखास्त आह्वान गरेको हो । आवेदन बुझाउने समयावधि चैत्र १४ गतेसम्म रहेको छ ।